तराई र मध्यपहाडी क्षेत्रमा बाढीको सम्भावना

काठमाडौँ– आज बुधबार प्रदेश एक, दुई र तीनका अधिकांश जिल्ला भएर बग्ने साना नदीहरुमा आकस्मिक बाढीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश र प्रदेश ५ को चुरे र पहाडबाट बहने तथा कर्णाली प्रदेशको पहाडी क्षेत्रबाट बहने केही साना नदीहरूमा आकस्मिक वहाव बढने सम्भावना रहेको विभागको बुलेटिनमा उल्लेख गरिएको छ।

भोली बिहिबार र पर्सी शुक्रबार पनि प्रदेश एक, दुई र तीन, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूर पश्चिम प्रदेशको तराईको भूभागबाट बहने साना तथा मझौला नदीहरुमा बाढीको उच्च सम्भावना रहेको र पूर्व तयारीमा जुट्न पूर्वानुमान महाशाखाले सबैमा आग्रह गरेको छ ।

त्यसैगरी भोली र पर्सी देशैभर तराई र मध्यपहाडी क्षेत्रमा उच्च सतर्क रहन भनिएको छ। पूर्वतयारी र प्रतिकार्यमा जुट्न समेत आग्रह गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार