काठमाडौँ– मनसुनी न्यून चापिय रेखा नेपाल नजिक रहेको र अझै नजिक हुने क्रम जारी रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनकारी दिएको छ।
महाशाखाका अनुसार दुई तीन दिन नेपालको अधिकांश स्थानहरूमा वर्षा हुने, केही स्थानहरूमा भारी वर्षा हुने र एक दुइ स्थानहरूमा अति भारी वर्षा हुने सम्भावना रहेको छ।
आज बुधबार दिउँसो देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै केहि स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। राती देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भूभागमा वर्षाको सम्भावना छ। देशको केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ भने एक दुइ स्थानहरूमा अति भारी वर्षाको सम्भावना छ।
बिहिबार दिउँसो देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसैगरी, राती देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू(भागमा वर्षाको सम्भावना छ। देशको केही स्थानहरूमा भारी वर्षाको संभावना छ भने एक दुइ स्थानहरुमा अति भारी वर्षाको सम्भावना छ।
शुक्रबार दिउँसो देशका अधिकांश भूभागमा बदली रहनेछ। देशका पश्चिमी भूभागका केहि स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरूमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारि वर्षाको सम्भावना छ। राती देशका अधिकांश भूभागमा बदली रहनेछ। देशका पश्चिमी भूभागका केहि स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरूमा वर्षा हुनुको साथै एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।





