किसानलाई अनुदानमा कृषि औजार

धनगढी–धनगढी उप–महानगरपालीकाले नगरका किसानहरूलाई अनुदानसहित कृषी उपकरण हस्तान्तरण गरेको छ ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, प्रमुख प्रशासकिय अधिकृत नारायण प्रशाद सापकोटा र कृषी शाखा प्रमुख लोकराज उपाध्यायले संयुक्त रुपमा कृषी उपकरण हस्तान्तरण गरेका हुन।

उप–महानगरपालिकाले २०७६ असार १० गते किसानहरुका लागि सूचना आव्हान गरेको थियो। सोही सूचनाका आवेदन दिएका किसानहरूलाई अनुदानमा पम्पसेट, बोरिङ्गहरू अनुदानमा प्रदान गरेको हो।

‘व्यावसायीक खेती गरिरहेका किसानहरुलाई राहत पुग्ने गरि समुह र ब्यक्तिगत फर्महरुलाई अनुदानमा कृषी समाग्री प्रदान गरिएको हो,’ नगरप्रमुख वडले भने।

कृषीलाई धनगढी उप–महानगरपालीकाले प्राथमिकतामा राखेर गरिरहेको बताउदै नगरप्रमुख वडले भने, ‘व्यावसायीक रुपमा ब्यावसायीक कृषी पेशामा थप अनुदानका कार्यक्रम ल्याउने छौं।’

उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रशाद सापकोटाले व्यावसायीक रुपले तरकारी खेती गरे कामका लागि विदेशीनु नपर्ने बताए । ‘अहिले भारतीय नागरिकहरुले हाम्रा नदिका बगरमा तरकारी खेती गरिरहेका छन्। हामी कामका लागि भारत जादैछौं,’ उनले भने।

धनगढी उप–महानगरपालिका कृषी शाखा प्रमुख लोकराज उपाध्यायका अनुसार साना सिंचाई निर्माण तथा मर्मत अन्तर्गत ७ वटा कृषक समुहलाई ८५ प्रतिशत अनुदानमा बोरिङ्ग, पम्पसेट तथा मोटरहरु उपलब्ध गराईएको छ। त्यसैगरी केराखेती बिस्तार कार्यक्रम अन्तर्गत ६ जना किसानलाई सत्प्रतिशत अनुदानमा केराको बिरुवा तथा ५१ प्रतिशत अनुदानमा बोरिङ्ग, पम्पसेट तथा मोटरहरु उपलब्ध गराएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार