काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
कान्तिपुर
‘दुधालु भैंसी एउटा ‘सानो टोकन’शीर्षकमा आजको कान्तिपुर दैनिकले प्रथम पृष्ठमा समाचार छापेको छ।उनी बायाँ खुट्टा खोच्याउँदै मुख्यमन्त्रीका अगाडि उपस्थित भएका थिए । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको उपस्थितिमा उनले एउटा भैंसीको दाम्लो समाते । गाई कि भैंसीमध्ये के चाहिन्छ भनेर पहिला कलैया–१२ शीतलपुरका ५१ वर्षीय जितेन्द्र यादवलाई फारम भर्न लगाइएको थियो ।
‘हरेक वर्ष अबौंको विषादी’शीर्षकमा राजु चौधरीले लेखेको समाचार प्रकाशित छ।
पछिल्लो ११ महिनामा २ अर्ब ५९ करोड रुपैयाँको रासायनिक विषादी मुलुकमा भित्रिएको छ।
‘मिचाहा माछालाई लगाम लगाउँदै’शीर्षकमा रमेशकुमार पौडेलले लेखेको समाचार छापिएको छ।
स्वादिलो माछा त्यसमाथि काँडा कम लिापिया नामको माछा यो गुण माछा खानेले मन नपाउने कुनै थिएन।
छानोले ओत्दैन,जस्ता जीर्ण बनिसक्यो,बर्सेनि डुबानमा नेपालगन्ज,पोहोरको तुलनामा आधा रोपाइँ र पानी दिन कन्जुस्याइँ शीर्षकमा पनि समाचार छापिएको छ।
अन्नपूर्ण पोस्ट
‘धमाधम भित्रिन थाले’शीर्षकमा अन्नपूर्णको प्रथम पृष्ठमा समाचार छापेको छ।
विराटनगर तरकारी र फलफूल बोकेका भारतीय ट्रक विषादी परीक्षण नगरी नेपाल भित्रन थालेका छन्। प्रदेश १ का तीन नाका (झापाको काँकडभिट्टा, मोरङको विराटनगर र सुनसरीको भन्टाबारी) बाट सयौंको संख्यामा तरकारी र फलफूल बोकेका ट्रक नेपाल छिरेका हुन्।
काँकडभिट्टा नाकाबाट मंगलबारसम्ममा ९० को संख्यामा यस्ता ट्रक भित्रिएका छन् भने विराटनगर र भन्टाबारी नाकाबाट पनि उत्तिकै संख्यामा तरकारी र फलफूल बोकेका ट्रक नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएका छन्।
‘रानीमहलमा पनि भूमाफिया’शीर्षकमा सुरेन्द्र काफ्लेले लेखेको समाचार छापिएको छ।
ऐतिहासिक एवं पुरातात्विक महत्त्वको पाल्पास्थित रानीमहल दरबारको जग्गा अतिक्रमण भएको छ। मालपोत–नापीका कर्मचारीको मिलेमतोमा रानीमहलको जग्गा व्यक्तिको नाममा कायम गरिएको हो।
राष्ट्रिय सतर्कता केन्द्रको छानबिनले रानीमहलको ३० रोपनी जग्गा अतिक्रमणमा भएको देखाएको छ।
‘छैन विपद् व्यवस्थापन योजना’शीर्षकमा समाचार छापिएको छ। जेठ १६ गते झिमरुक गाउँपालिका–७ रातटारी प्यूठानका इन्द्रमणि पोखरेलको घरसहित खेतबारी खोलाले पुर्यो।
उच्च पहाडमा रोपाइँ बढी शीर्षकम पनि समाचार छापिएको छ।
नागरिक
‘विषादी जाँच प्रयोगशाला ‘देखाउने दाँत’ मात्र’शीर्षकमा समाचार छापिएको छ।
सरकारले तरकारी र फलफूलमा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याएको चार बर्षभन्दा बढी भयो। तर ती प्रयोगशाला प्रभावकारी बन्न सकेका छैनन्। विषादी मात्रा परीक्षण गर्ने
मेसिन र प्रविधि छ तर जनशक्तिको अभाव छ।
‘बाँसगढी बजार डुबानको समस्या टर्यो’शीर्षकमा समाचार छापिएको छ।
पूर्व–पश्चिम राजमार्गमा पर्ने बाँसगढी नगरपालिका–५ स्थित बर्सौंदेखि थुनिएको परम्परागत निकास प्रशासनले बल प्रयोग गरेर खोलेपछि बाँसगढी बजार डुबानको समस्या टरेको छ। परम्परागत निकास (नाला) थुनिने गरी बनाइएका दुईवटा व्यापारिक भवनका कारण बर्खामा बाँसगढी बजार डुबानमा पर्ने गरेको थियो।
‘एक चौथाइ मात्र धान रोपाइँ’शीर्षकमा पनि समाचार छापिएको छ।





