अमेरिकामा तापक्रम वृद्धिका कारण माछा असुरक्षित

सान फ्रान्सिस्को– जलवायु परिवर्तनका कारण हरेक पाँच माछामध्ये एक माछाको मृत्यु हुने गरेको छ ।

जलवायु परिवर्तका कारण विश्वको तापक्रममा वृद्धि हुने क्रमसँगै अमेरिकी एक राज्य विन्कन्सनमा प्राकृतिक रूपमा खोला, नदी तथा तलाउमा पाइने माछाको भविष्यमा आगामी केही दशकभित्र नै व्यापक चुनौति आएको सोमबार सार्वजनिक एक अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

नेचर क्लाइमेट चेन्ज जोर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘सन् २००४ देखि सन् २०१४ सम्म गरिएको अध्ययनमा पानीको सतहमा तापक्रमको वृद्धिका कारण औसतमा २० प्रतिशत माछाहरू मरेका छन्।’

पोर्टल्याण्डस्थित रीड कलेज, अरेगन र क्यालिफोर्निया विश्वविद्यालयका यूसी डेविसले तालको माछामा जलवायु परिवर्तनको प्रभावका कारण बढेको तापक्रमका कारण माछाको मृत्यु भएको पाइएको जनाए। उनले तालमा मरेका ५०४ माछाको अध्ययन र मूल्याङ्कनपछि माछाको मृत्युको कारण तापक्रम वृद्धि रहेको बताएका छन्।

उत्तरी क्षेत्रमा रहेका तालको पारिस्थतिकतन्त्रमा तापक्रमको वृद्धिको मुख्य कारण जलवायु प्रदुषण मानिएको उनको भनाई छ । उनले खासगरी खोला र नदीको तुलनामा तालका माछा जलवायु परिवर्तनका कारण बढेको तापक्रमका कारण मर्ने गरेका भेटिएको बताए।

ताजा समाचार

सम्बन्धित समाचार