वाशिङटन– अमेरिकाको राजधानी वाशिङटन क्षेत्रमा सोमबार अचानक बाढी आएको छ।
एक्कासी आएको बाढीले सहर डुवानमा परेपछि आवतजावत गरिरहेकाहरु जोखिममा परेका छन्। ठूलो वर्षासहित आएको बाढीले कतिपय ठाउँमा सडक अबरुद्ध भएको थियो भने चालक बीच बाटोमै फसेका बीबीसीले जनाएको छ।
कतिपय भूमिगत रेलमार्गमा खतरनाक डुवानको स्थिति देखिएको थियो। पानी राष्ट्रपति भवन ह्वाइट हाउसमा पनि पसेको जनाइएको छ।

मौसमसम्बन्धी निकाय नेसनल वेदर सर्भिसले अचानक बाढीको चेतावनी जारी गरेको छ। प्रहरीले मानिसहरूलाई बाढी पसेका सडकमा सडकमा नआउन सचेत गराएको छ।





