तीन दिन देशभर भारी वर्षा, यी नदीहरूमा छ बाढीको खतरा

काठमाडौँ– देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै भूभागहरूमा वर्षाको सम्भावना छ। देशको एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ।

जल तथा मौसिम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै भूभागहरुमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको सम्भावना छ ।

मंगलवार दिउँसो देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै भूभागहरुमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ। राती देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै भूभागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको सम्भावना रहेको जनाइएको छ।

त्यसैगरी, बुधवार दिउँसो देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भूभागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ। राती देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भूभागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (सोमबार) मेची, बिरिङ्ग, निन्दालगायत झापा,मोरङ्ग, सुनसरी, इलामबाट बहने साना नदीहरु केहीमा वहाव सतर्कता तहसम्म पुग्न सक्ने जनाएको छ ।

आज तीन दिनको बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै बाढी पूर्वानुमान महाशाखाले साना नदीहरू केहीमा बहाव सतर्कता तह सम्म पुग्नसक्ने सम्भावना रहेको जनाएको हो

बाढीमा सतर्कता अपनाउन सो महाशाखाले जारी गरेको बुलेटिनमा सुदूर पश्चिम, गण्डकी प्रदेश, प्रदेश ३, २ र १ को पहाडी र चुरेबाट बहने केही ससाना नदीहरुमा समेत आकष्मिक वहाव हुने सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन आग्रह गरिएको छ।

आगामी ३ दिन (सोमबार, मंगलबार र बुधबार) देशका प्रमखु नदीहरू कोसी, नारायणी, कर्णाली र महाकालीमा वहाव उल्लेख्य बढेता पनि सतर्कता तह भन्दा तलै रहने हुँदा ठुलो बाढी विपद्को सम्भावना नरहेको बताइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार