भारत– दक्षिण-पश्चिम मनसुन देशको उत्तरी र मध्य भागमा बढेको छ।
मौसम विभागको अनुसार अहिले पश्चिमी राजस्थान र पंजाबका बाहेक अन्य भागमा मनसुन फैलिएको हो। देशका उत्तर-पश्चिमी क्षेत्रमा २४ घण्टा वर्षा हुने र अर्को दुई-तीन दिनसम्म जारी रहन सक्ने भारतीय सञ्चार माध्यम न्यूज अन एअरले जनाएको छ।
दक्षिणपश्चिम मनसुनले अहिले देशका लगभग सबै क्षेत्रहरू ढाकेका छन्।
मनसुनबाट प्रभाव क्षेत्रमा वर्षा भइरहेको छ। उत्तर भारतको बाट जम्मू र कश्मीर, हिमाचल प्रदेश, उत्तराखण्ड, पश्चिम उत्तर प्रदेश, हरियाणा, चंडीगढ र दिल्लीमा वर्षा भइरहेको जनाइएको छ।





