काठमाडौँ– देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका पश्चिमी भूभागका धेरै स्थानहरूमा र मध्य र पूर्वका पहाडी भूभागका केही स्थानहरूमा मेघ गर्जनसहितको वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसिम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका बाँकी भूभागहरूमा हल्का वर्षाको सम्भावना छ। मध्य नेपालका पहाडी भूभाग र पश्चिमका पहाडी भूभागका एकदुई स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
आइतबार राति देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका मध्य र पश्चिमी भूभागका धेरै स्थानहरूमा र पूर्वका केही स्थानहरूमा वर्षाको सम्भावना छ। मध्य नेपालका पहाडी भूभागका एकदुई स्थानहरू, मध्यपश्चिमी तराईका एकदुई स्थानहरूमा र पूर्वका तराई र तल्लो पहाडी भूभागमा मध्यम देखि भारी वर्षाको सम्भावना छ।
विभागका अनुसार सोमबार दिउँसो देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भूभागमा वर्षाको सम्भावना छ। मध्य र पूर्वि नेपालका पहाडी भूभाग र पश्चिमका पहाडी र तराईका भूभागका एकदुई स्थानमा मध्यम देखि भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
राती देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भूभागमा वर्षाको सम्भावना छ। मध्य नेपालका पहाडी भूभाग र पश्चिमका पहाडी भूभागका केही स्थानमा र पूर्वि नेपालका पहाडी भूभागका एकदुई स्थानहरूमा मध्यम देखि भारी वर्षा हुन सक्छ।
मंगलबार देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भूभागमा वर्षाको सम्भावना छ। मध्य र पूर्वी नेपालका पहाडी भूभाग र पश्चिमका पहाडी र तराईका भूभागका एकदुई स्थानमा मध्यम देखि भारी वर्षा हुन सक्छ।
राती देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भूभागमा वर्षाको सम्भावना छ। मध्य नेपालका पहाडी भूभाग र पश्चिमका पहाडी भूभागका केही स्थानमा मध्यम देखि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।





