भारतीय तरकारीमा विषादी परीक्षण गर्नुपर्ने माग

काठमाडौँ– नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडले भारतबाट आयात हुने तरकारी र फलफुलमा विषादी परीक्षण गर्नुपर्ने माग राखेको छ।

विषादी परीक्षण रोक्ने निर्णय फिर्ता लिएर सरकारले नागरिकको स्वास्थ्यप्रति गम्भीर खेलबाड गरेको भन्दै तरकारी र फलफुलमा विषादी परीक्षण गरिनुपर्ने बताएको हो।

‘नेपाली उत्पादन विदेश पठाउँदा होस अथवा अन्य मुलुकबाट नेपाल ल्याउँदा यसको गुणस्तरीयता, विषादीको मात्रा लगायतका बारेमा चेकजाँच गर्नु अपरिहार्य कुरा हो। सरकारले सीमा क्षेत्रमा विषादी परीक्षण केन्द्र स्थापनाका लागि जतिसक्दो छिटो पहल गर्नुपर्ने मागसहित तत्कालका लागि विषादी परीक्षण सम्भव भएका स्थानमा परीक्षण सुरु गर्न हाम्रो अनुरोध छ,’सङ्घले शनिवार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सङ्घले कालिमाटी तरकारी तथा फलफुल बजार लगायत अन्य ठाउँमा रहेको विषादी परीक्षण केन्द्र प्रभावकारी रूपमा चल्न नसकेकोप्रति सरकारलाई ध्यानाकर्षण समेत गराएको छ।

‘तरकारी भण्डार गर्ने वा ठुलो बजार र विक्रिकेन्द्रमा विषादी परीक्षण केन्द्र राख्न सकियो भने विषादी रहित कृषि सामग्री विक्रिवितरणका लागि सहयोग पुग्ने देखिन्छ,’विज्ञप्तिमा भनिएको छ। ।

ताजा समाचार

सम्बन्धित समाचार