जलविद्युत आयोजनामा तोडफोड

बझाङ–बझाङ बुङ्गलका स्थानीयले निर्माणाधीन कालंगा जलविद्युत आयोजनामा तोडफोड गरेका छन्।

गत सोमबार राति बुङ्गल नगरपालिका–२ की ललिता धामीको हत्याको घटनालाई लिएर आक्रोसित स्थानीयले तोडफोड गर्दा आयोजनामा १५ करोड रुपैयाँ बराबरको क्षति भएको आयोजना कार्यालयले जनाएको छ।

गत मंगलबार विहान बुङ्गल नगरपालिका– २ को खोचे भगाड भन्ने ठाउँको सडक किनारामा मृत अवस्थामा फेला परेकी धामीको हत्याको विषयलाई लिएर आन्दोलन भएको थियोे।

डडेल्धुरा जिल्ला परशुराम नगरपालिकामा पर्ने जोगबुढाका माधव बोहराले हत्या स्वीकार गरिसकेका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बोहरा कालंगा हाइड्रोमा एक्साभेटर अपरेटरको काम गर्दै आएका थिए। स्थानीय महेन्द्र उच्च माध्यमिक विद्यालय र सुल्जन प्राथमिक विद्यालयका शिक्षक र विद्यार्थीहरुले शुक्रबार विहानैदेखी आयोजनाका क्याम्प, गाडी तथा मेसिनहरुमा तोडफोड सुरु गरेका थिए। भीड नियन्त्रणमा लिनको लागि प्रहरीले पाँच सेल अश्रुग्याँससमेत प्रहार गरेको थियो।

उत्तेजक भीडले रनलेकमा रहेको मुख्य क्याम्प र कार्यालय, विराबगरमा रहेको निर्माण क्याम्पमा तोडफोड गरेर कार्यालय तथा बन्दोबस्तीका सामानहरुमा क्षति आयोजनाका संस्थापक वीरेन्द्र मल्लले बताए।रासस

ताजा समाचार

सम्बन्धित समाचार