चन्द्रागिरिमा वृक्षरोपण

काठमाडौँ– ‘राम्रो चन्द्रागिरि, हाम्रो चन्द्रागिरि, स्वच्छ, सफा हरियाली बनाउँ सबै मिलिजुली’ भन्ने नारासाथ चन्द्रागिरि नगरपालिका–४ मा वृक्षरोपण गरिएको छ।

थानकोट जेसिजले थानकोट प्राथमिक अस्पताल परिसरमा आज शनिवार वृक्षरोपण गरिएको हो।

कार्यक्रममा नगरपालिका–४ का अध्यक्ष कृष्णप्रसाद खड्गीले चन्द्रागिरिलाई सुन्दर हराभरा बनाउने काममा युवा पुस्ताको भूमिका दिन प्रतिदिन बढ्दै गएको बताए।

थानकोट जेसिजका संस्थापक अध्यक्ष नन्ददास अमात्यले वातावरण जोगाउनका लागि र पर्यापर्यटनका लागि पनि वृक्षरोपण महत्वपूर्ण काम भएको बताए।

वृक्षरोपणको शुरूआत थानकोटका ९० वर्षीय नारायण गोपालीले कपुरको रूख रोपेर गरेका थिए। । सो अवसरमा २०० बिरुवा रापिएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार