आजको मौसमः देशभर सामान्य बदली, पश्चिमि भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– देशका पश्चिमि भूभागहरूमा सामान्य बदली देखि पूर्ण बदली र अन्य भूभागमा सामान्य बदलीको सम्भावना रहेको छ।

जल तथा मौसिम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमका धेरै र पूर्व र मध्यका केही भूभागमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको पश्चिमि भूभागका १–२ स्थानमा भारी वर्षाको सम्भावना छ। राति देशभर सामान्य बदली भई केही भूभागमा हल्का देखि मध्यम र १–२ स्थानमा भारी वर्षाको सम्भावना जनाइएको छ।

आइतवार दिउँसो देशभर सामान्य बदली भई केही स्थानहरूमा हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ। राति देशभर सामान्य बदली भई केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सोमवार दिउँसो देशभर सामान्य बदली भई केही स्थानहरूमा हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ। राति देशभर सामान्य बदली भई केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार