पोखरा– पोखरा महानगरपालिका–१७ र २१ बीचको फुस्रे खोलामाथि गण्डकी फर्मले चलाउँदै आएको तुइन आज शुक्रवार हटाइएको छ।
बङ्गुरका दानालगायतका सामग्री ढुवानीका लागि भनिए पनि तुइनबाट विद्यालयका विद्यार्थी र सर्वसाधारण जोखिमपूर्ण रुपमा ओहोरदोहोर गर्दै आएको पाइएपछि तुइन हटाउन बिहीबार स्थानीय प्रशासनले निर्देशन दिएको थियो।
मङ्गलबार तुइनबाट जोखिमपूर्ण रुपमा विद्यार्थी आवतजावत गर्दै गरेको तस्बिर सम्प्रेषित भएसँगै उक्त सम्बन्धमा सरोकारवाला निकायको ध्यानाकर्षण भएको थियो।
यसअघि सरकारले तुइन विस्थापन गर्ने नीति को घोषणा गरेको थियो।





