क्यालिफोर्निया– दक्षिणी क्यालिफोर्नियामा दुई दशकयताकै शक्तिशाली भूकम्प गएको छ।
अमेरिकाको स्वतन्त्रता दिवसको दिन नै आएको उक्त भूकम्प सो क्षेत्रमा दुई दशक यताकै शक्तिशाली मानिएको छ। भूकम्प ६.४ म्याग्निच्युडको रहेको बताइएको छ।
उक्त भूकम्पको केन्द्रविन्दु लस एन्जलसबाट करिब अढाइ सय किलोमिटर उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर नजिकै रहेको बीबीसीले जनाएको छ।
अग्निनियन्त्रकहरूका अनुसार उनीहरूले नगरको वरपर भएका आगलागीका घटनासँग जुझिरहेका छन्। केही क्षति पुगेको विवरण प्राप्त भएका छन् भने पूर्ण विवरण भने आउन बाँकी रहेको छ। मानिसहरूमा भूकम्पका त्रास कायमै छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्थिति नियन्त्रणमा रहेको भन्दै ट्वीट गरेका छन्।





