काठमाडौँ– देशभर सामान्य बदली भई केही भू–भागमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको पश्चिम भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
देशभर सामान्य बदली भई केही भूभागमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको पश्चिम र मध्यका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ जल तथा मौसिम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आनुमान गरेको छ।
शनिवार दिउँसो देशभर आंशिक देखि सामान्य बदली भई थोरै भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।राति देशभर सामान्य बदली भई केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आइतवार दिउँसो देशभर सामान्य बदली भई पश्चिम तथा मध्य भू भागका केही स्थानहरूमा र पूर्वी भू भागका थोरै स्थानहरूमा हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ। राति देशभर सामान्य बदली भई पश्चिमी भू भागका थोरै स्थानहरूमा तथा मध्य र पूर्वी भू भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।





