काठमाडौँ– राष्ट्रिय सभामा विनियोजन विधेकमाथिको छलफमा बोल्दै सांसद रामचन्द्र राईले पुल र बाटो निर्माण हुन नसकेको, सिँचाइलाई कृषिअन्तर्गत राखिनुपर्ने, भूमिगत सिँचाइ आयोजनालाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्।
त्यसैगरी सांसद शेरबहादुर कुँबरले सुरुङ मार्ग खोल्ने सरकारको योजनाले छिटो सडक सञ्जाल अगाडि बढ्ने उल्लेख गर्दै यसले देशको आर्थिक विकासमा सहयोग गर्ने बताए।
सांसद रमेशप्रसाद यादवले आफ्नो निर्वाचन क्षेत्रमा मात्र मन्त्रीले बजेट राख्दा सन्तुलितरुपमा देश विकास हुन नसक्ने दाबी गरे।





