तराई–मधेशको पूर्वाधारका कार्यक्रममा सांसद रायमाझीको असन्तुष्टी

काठमाडौँ– राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीले तराई मधेशलाई प्राथमिकतामा राखि बनाइएका पूर्वाधारका कार्यक्रमहरूमा असन्तुष्टी व्यक्त गरेका छन्।

बुधबार राष्ट्रिय सभामा विनियोजन विधेकमाथिको छलफमा बोल्दै माननीय रायमाझीले तराई मधेशका ५९ वटा पूर्वाधारका कार्यक्रमहरू सम्बधित मन्त्रीले अफ्नो निर्वाचन क्षेत्र भएर प्राथमिकतामा राखेको बताएका हुन्।

आफ्नो क्षेत्रको विकासले मुलुक समृद्ध नहुने भन्दै उनले सबै क्षेत्रका योजना र वजेट एक समान हुनुपर्नेमा जोड दिए।

त्यसैगरी असारे विकास बन्द गर्नु पर्ने उनको माग छ। बर्खाको विकास दीर्घकालीन नहुँने भन्दै उनले वर्तमान सरकारको ध्यानाकर्षण गराए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई उनले ठोस योजना र कार्यनीतिका साथ काम गर्न सुझाए।

शनिबार कााठमाडौँमा आयोजित सार्वजनिक कार्यक्रमका बीच प्रधानमन्त्री के.पी शर्मा ओलीले आफू प्रधानमन्त्री भएको बेला आधा जनसंख्या मास्क लगाएर हिडेको तर अहिले भने मास्क लगाएर कोहीपनि नहिँड्ने दाबी गरेकोमा आक्रोस व्यक्त गर्दै उनले भने, ‘जनताले बाटोका होइन् घरमा माक्स लगाउँछन्।’

ताजा समाचार

सम्बन्धित समाचार