आजको मौसम: देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– देशभर सामान्य बदली भई केही स्थानहरूमा वर्षाको सम्भावना रहेको छ।

देशभर सामान्य बदलि भई देशका केही स्थानहरुमा वर्षाको सम्भावना रहेको छ साथै एक दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसिम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आनुमान गरेको छ।

बिहिबार दिउँसो देशभर सामान्य बदली भई केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका १–२ स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। राति देशभर सामान्य बदली भई केही स्थानहरूमा मेघगर्जन सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। पश्चिम र मध्यका एक दुइ स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

शुक्रवार दिउँसो देशभर सामान्य बदली भई केही भूभागमा हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ। देशको १–२ स्थानहरूमा भारी वर्षाको सम्भावनाको अनुमान गरिएको छ। राति देशभर सामान्य बदली भई केही भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको १–२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार