खानेपानीका इन्जिनियर ४ लाख घुससहित पक्राउ

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङजामा कार्यरत इञ्जिनियर वासी अख्तर मोहम्मदलाई  चार लाख घुससहित पक्राउ गरेको छ ।

सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय पोखराबाट गएको टोलीले इञ्जिनियर मोहम्मदलाई पुतलीबजार–१ स्थित इग्लिस बोर्डिङ स्कूल नजिकबाट पक्राउ गरिएको हो ।आरोपी मोहम्मदको अनुसन्धान भइरहेको जनाइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार