काठमाडौँ– राष्ट्रिय सभा सदस्य कोमल ओलीले सरकारले देशभर रोप्ने भनेकाे ५ करोड विरूवाकाे संरक्षणकाे विषयमा राष्ट्रिय सभा बैठकमा प्रश्न उठाएकी छन् ।
मंगलबार राष्ट्रिय सभामा विनियोजन विधेकमाथिको छलफमा बोल्दै ओलीले रोपण भएका विरूवाको संरक्षण कसरी हुन्छ? भनेर प्रश्न गरेकी हुन्। उनले मन्त्रालयलाई चुरेको दोहन सोक्न सुझाव दिइन्। ‘ढलेका रूखहरू अस्तव्यस्त छन्, जङ्गल अस्तव्यस्त छ, थुपारिएका काठहरू कुहिएका छन्, फोहोरहरू यत्रतत्र छरिएका छन् त्यसको व्यवस्थापन कहिले हुन्छ?’ आलीले प्रश्न गरिन्।
जलवायु परिर्वतनलाई रोक्न मन्त्रालयको ठोस कार्यक्रम नभएको भन्दै उचित योजना बनाउन सुझाइन्।साधै उनले यसपालीकाे बजेटमा वन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको भन्दै वन क्षेत्र बढाउने गरी कार्यक्रम सञ्चालन गर्न आग्रह गरिन्।





