मुम्बईमा भारी वर्षाः पर्खाल भत्कँदा १८ को मृत्यु

मुम्बई– भारतमा भारी वर्षाका कारण विभिन्न दुई ठाउँमा पर्खाल भत्किँदा १८ जनाको मृत्यु भएको छ ।

मुम्बई र पुणेका छुट्टाछुट्टै दुई ठाउँमा भारी वर्षाका कारण पर्खाल भत्किँदा १८ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम न्यूज अन एअरले जनाएको छ।

पर्खाल भत्किँदा ७६ जना घाइते भएका छन् भने ति मध्य ५ को अवस्था गम्भीर रहेको जनाइएको छ। मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

राष्ट्रिय आपदा केन्द्रको टोली घटना स्थलमा पुगेको छ। घटना स्थलमा अग्नि नियन्त्रक र पुलिसहरू पनि खटाइएका छन्। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । भारी वर्षाका कारण उद्धार तथा राहतमा कठिनाइ भइरहेको उल्लेख गरिएको छ।

राज्य सरकारले आपतकालीन अवस्थामा बाहेक मानिसहरूलाई घरभित्र रहन सल्लाह दिएको छ।

यसका साधै महाराष्ट्रका मुख्यमन्त्री देवेंद्र फडणवीसले ज्यान गुमाउने परिवारलाई प्रति परिवार पाँच लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

पछिल्लो दुई दिन यता परेका भारी वर्षाका कारण मुम्बई लगायतका क्षेत्रको जनजीवन प्रभावित बनेको छ । रेल तथा यातायात सेवा ठप्प बनेका छन् भने सरकारले बिदाको घोषणा गरेको छ।

तस्बिरः एनडि टिभी

ताजा समाचार

सम्बन्धित समाचार