काठमाडौँ– साझा यातायाताले आज सोमबारदेखि थप २० वटा सिटी बसहरु सञ्चालनमा ल्याएको छ। आज एक औपचारिक कार्यक्रमको आयोजना गरी काठमाडौं र ललितपुर महानगरपालिकाका साथै साझा यातायात सहकारी संस्थाले थपेका नयाँ सिटी बस सञ्चालनको सुभारम्भ गरेको हो।
२० वटा नयाँ बस थपिएसँगै अब साझाको बसको संख्या ७१ पुगेको छ । अन्तर्राष्ट्रिय युरो ४ मापदण्डका अनुरुपका उक्त बस अपांगमैत्री र ४० सिटे भएको साझाको भनाई छ। यो सँगै साझाले अब काठमाडौँमा १० वटा रुटमा आफ्नो सेवा सञ्चालन गरेको छ।
रुट नं. १ लगनखेल–बसपार्कः
लगनखेल–जावलाखेल–कुपण्डोल–त्रिपुरेश्वर–नेपालवायूसेवा–लैनचौर–लाजिम्पाट–पानीपोखरी–शिक्षणअस्पताल-नारायण गोपाल चोक–सामाखुशी–गोंगबु–नयाँ बसपार्क
रुट नं. २ लगनखेल–बुढानिलकण्ठः
लगनखेल–कुपण्डोल–थापाथली–नेपाल वायुसेवा–जमल- शिक्षण अस्पताल–नारायण गोपाल चोक–गंगालालअस्पताल–हात्तीगौंडा–चपली–देउवा चोक– बुढानिलकण्ठ
रुट नं. ३ बुङ्गमती–बुढानिलकण्ठः
बुङ्गमती–भैंसेपाटी–चारघरे– भैंसेपाटी आवास–नक्खु–बागडोल–जावलाखेल– कुपण्डोल–थापाथली–नेपाल वायुसेवा–जमल-शिक्षण अस्पताल–नारायण गोपाल चोक–गंगालाल अस्पताल–हात्तीगौंडा–चपली–देउवा चोक– बुढानिलकण्ठ
रुट नं.४ रत्नपार्क–लामाटारः
लामाटार–लुभु–इमाडोल–ग्वार्को–सातदोवाटो–लगनखेल– जावलाखेल– कुपण्डोल–थापाथली–नेपाल वायुसेवा–रत्नपार्क
रुट नं. ५ रत्नपार्क–गोदावरीः
गोदावरी–हरीसिद्धी–सातदोवाटो– लगनखेल– जावलाखेल– कुपण्डोल–थापाथली–नेपाल वायुसेवा–रत्नपार्क
रुट नं.६ लगनखेल–थानकोटः
थानकोट–कलंकी–खसीबजार–बल्खु–नयाँबाटो–धोबिघाट–नक्खुचोक–एकान्तकुना–थसिखेल–महालक्ष्मीस्थान– चापागाउँचोक–सातदोवाटो–लगनखेल
रुट नं. ७ नयाँ बसपार्क–सुर्यविनायकः
नयाँबसपार्क–माछापोखरी–बालाजुचोक–बनस्थली–स्वयम्भु–कलंकी–कालिमाटी–त्रिपुरेश्वर–रत्नपार्क–सिंहदरवार–बबरमहल–नयाँ बानेश्वर–कोटेश्वर–जडिबुटी–लोकन्थली–गठ्ठाघर–ठिमी–राधेराधे–सल्लाघारी– सुर्यविनायक (जाँदा)
सुर्यविनायक–जगाती–च्यामासी–कमलपोखरी–व्यासी–सानोठिमी–पेप्सीकोला–जडिबुटी–कोटेश्वर–माइतिघर–सिंहदरवार–शहिदगेट–त्रिपुरेश्वर–कलंकी–स्वयम्भु–बनस्थली–बालाजुचोक–माछा पोखरी–नयाँ बसपार्क
(फर्कँदा)
रुट नं. ८ नयाँ बसपार्क–कमलविनायकः
नयाँबसपार्क–माछापोखरी–बालाजुचोक–बनस्थली–स्वयम्भु–कलंकी–कालिमाटी–त्रिपुरेश्वर–रत्नपार्क–सिंहदरवार–बबरमहल–नयाँ बानेश्वर–कोटेश्वर–जडिबुटी–पेप्सीकोला–सानोठिमी–दुवाकोट चोक–व्यासी–नगरकोट चोक–कमल विनायक (जाँदा)
कमल विनायक–च्यामासी– जगाती–सुर्यविनायक–सल्लाघारी–राधेराधे–गठ्ठाघर–कौशलटार–लोकन्थली–जडिबुटी–कोटेश्वर–नयाँबानेश्वर–माइतिघर–सिंहदरवार–रत्नपार्क–शहिदगेट–त्रिपुरेश्वर–कालिमाटी–कंलकी–स्वयम्भु–बनस्थली–बालाजुचोक–माछापोखरी–नयाँ बसपार्क (फर्कँदा)
रुट नं. ९ नयाँ बसपार्क–लगनखेल–एयरपोर्टः
लगनखेल–कुपण्डोल–थापाथली–माइतीघर–बबरमहल–बानेश्वर–सिनामंगल–एयरपोर्टगेट–अन्तर्राष्ट्रिय ट्रमिनल(एयरपोर्ट)– एयरपोर्ट गेट–तिलगंगा–गौशाला–जय बागेश्वरी–चाबहिल–सुकेधारा–चप्पल कारखाना–चण्डोल–नारायण गोपाल चोक–बसुन्धारा–सामाखुसी हुँदै नयाँबसपार्क
रुट नं. १०
लगनखेल–जावलाखेल-पुल्चोक–थापाथली–माइतीघर–सिंहदरवार–शहिदगेट–त्रिपुरेश्वर–कालिमाटी–कुलेश्वर–बल्खु–टियु गेट–चोभार–मन्जुश्री चोक–चल्नाखेल–छैमले शेषनारायण–फर्पिङ–दक्षिणकाली





