Thursday, September 19, 2024

नेपाल पंछी संरक्षण संघले स्थापना दिवस मनायो

 

नेपाल पंछी संरक्षण संघ (बिसीएन) ले आफ्नो स्थापना दिवस मनाएको छ ।

संघको स्थापना सन् १९८२ अप्रिल २४ मा भएको थियो । विभिन्न पंछी र जैविक विविधताको संरक्षणका गर्ने उदेश्यले संघको स्थापना भएको थियो । स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको पंछी संरक्षण संघले मंगलबार चरा र जैविक विविधता संरक्षण विषयमा एक संवाद कार्यक्रमको आयोजना गरेको छ ।

रानीबारीको जैविक विविधता संरक्षण अध्ययन केन्द्रमा भएको सो कार्यक्रममा आरएसपिबिका ईयान बार्बरले यो संस्थाले नेपाल लगायत विश्वभरि चरा र जैविक विविधता संरक्षणमा गर्दै आएको सहयोगका बारेमा जानकारी गराएका थिए । स्थापना दिवस मंगलबार विहान सबेरै रानिबारी वनमा चरा अबलोकनबाट सुरु भएको थियो । कार्यक्रममा संस्थाका सदस्य , कार्यकारी समितिका प्रतिनिधि तथा अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा रानीबारी सामुदायीक बनका अध्यक्ष सन्तोष बिक्रम शाहले बन र नेपाल पंछी संरक्षण संघ बीच सहकार्यको प्रसंसा गरे । ‘एक वर्षअघि यहि दिन अध्ययन केन्द्रको उद्घाटन गरेका थियौ’ उनले भने, ‘आज पनि महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा निकैै हर्षित छौँ ।’

नेपाल पंछी संरक्षण संघ (नेपाल) र आरएसपिबिका, बर्डलाइफ इन्टरनेसनल नेपाल र बेलायत साझेदार र संस्था हुन् । दुई दशक भन्दा अघिदेखि सहकार्य गर्दै आएका दुइ संस्थाले नेपालमा लोप हुन लागेको गिद्द प्रजातिको चरा संरक्षण , खर्मुजुर संरक्षणमा राम्रो काम गर्दै आएकोमा संघले खुसी ब्यक्त गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार