Saturday, September 28, 2024

चट्याङले एकै दिन ६ जनाको मृत्यु, के–के छन् क्षति न्यूनीकरणका उपाय ?

काठमाडौं । रुपन्देही र दाङमा चट्याङ लागेर ६ जनाको मृत्यु भएको छ भने झापामा एक जना गम्भीर घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार रुपन्देहीमा चन्द्र बहादुर बिक, नन्दराम अर्याल र भागवत दासको मृत्यु भएको छ ।

दाङ भने चट्याङ लागेर ३ जना बालकको मृत्यु भएको छ । चट्याङले राप्ती गाउँपालिक वडा नं ३ निवासी ११ वर्षीय रमीत चौधरी, ११ वर्षकै बिनास चौधरी र १३ वर्षीय साजन औधरीको मृत्यु भएको प्रहरी जानकारी दिएको छ ।

चट्याङका कारण नेपालमा धेरै जनधनको क्षति हुने गरेको गृह मन्त्रालय अन्तर्गतको आपत्कालिन कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ । सो केन्द्रका कारण गत वर्ष चट्याङका कारण ६८ जनाको मृत्यु भएको थियो भने ४०० घाइते भएका थिए । यस वर्ष पनि ३१ जनाको मृत्यु भईसकेको र १३९ जना घाइते भएको सो केन्द्रले जानकारी दिएको छ ।
बर्खायाम सुरु भएसँगै दैनिक रुपमा चट्याङ परिरहेको हुन्छ । चट्याङबाट धेरै धनजनको हानि–नोक्सानी हुने, मानिसका आँखामा असर गर्ने, ठूलो आवाजको कारणले कानको जाली फुट्ने, घरका सिसा फुट्ने, वन–जंगलमा आगलागी हुने, रूख–बिरुवा मर्ने, जन्तु–जनावरहरू मर्ने आदि जस्ता समस्या उत्पन्न हुन्छ ।

चट्याङबाट बच्ने उपाय
हुन त चट्याङ प्राकृतिक कुरा हो कहाँ कहिले पर्छ सजिलै थाहा पाउन सकिँदैन । तर पनि चट्याङ परेको बेलामा केही सावधानी अपनाउन सकिने हो भने यसको क्षतिबाट बच्न सकिन्छ । चट्याङविद शर्मा यसको क्षतिबाट बच्च यस्ता सुझाव दिन्छन् ।

  •  पानी परेको समयमा सकभर घरबाहिर ननिस्कने
  •  घर बाहिर भएसकेसम्म चाँडो गरी घरभित्र बस्ने
  •  घरका विद्युतीय सामानहरू जस्तैः टेलिभिजन, रेफ्रिजेरेटर, फोन आदि चट्याङ परेको समयमा प्रयोग नगर्ने
  •  दिनको तीन बजेदेखि राती आठ बजेसम्म चट्याङ पर्ने हुनाले उक्त समयमा सकेसम्म घरबाहिरका काम नगर्ने     घरभित्रै बस्ने
  •  यदि बाहिर भएर घर जान नसक्ने अवस्था भएमा सानो सानो रुखहरूको छेवैमा रुखको उचाइ बराबरको दूरीमा   टुक्रुक्क बस्ने ।
  •  यदि ठूला रुख आसपासमा भए सकभर त्यसबाट टाढै रहने ।
  •  चट्याङ लागेर कोही घाइते भए तुरुन्त प्राथमिक स्वास्थ्य केन्द्र लैजाने

ताजा समाचार

सम्बन्धित समाचार