Thursday, September 19, 2024

च्याउ खेतीबाटै मनग्य आम्दानी

काभ्रेका यादव दंगाल एउटा सपना वोकर १० वर्ष अगाडी काठमाडौं छिरे । उनको सपना थियो– च्याउखेती गरेर मनग्य आम्दानी गर्ने ।

त्यतिवेला २५ वर्षका उनी अहिले ३५ वर्ष पुगेका छन् । यस विचमा उनको उमेर मात्र वढेन, सपना पनि पुरा भएको छ । १० वर्षले उनलाई नाम र दाम दुवै दिएको छ । अनि धेरै वेराजगारहरुलाई उनी अनुकरणिय पात्र पनि वनेका छन् । हात सिप र जाँगर भएर नेपालमै वसेर मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण वनेका छन दंगाल ।


आफ्नो सपना पुरा गर्न निरन्तर काममा लाग्ने वानीले उनलाई यो सफलता तर्फ लगेको हो । च्याउ खेतीको आम्दानीले उनले ललितपुरको इमाडोलमा घर वनाएका छन् ।

दश वर्ष अगाडी आफै रोजगारी खोज्ने उनी अहिले अरुलाई रोजगारी दिने ठाउँमा पुगेका छन् । उनले भने, ‘मेहनत गर फलको आशा नगर भने जस्तै मैले मेहनत गरे । मेहनतको फल पनि पाएको छु । बेरोजगारलाई रोजगारी पनि दिएको छु ।’


उनको ललितपुरको खोकनामा च्याउ खेतीका चारवटा फर्म छन् । ती फर्ममा उत्पादन गरेका उनका च्याउ काठमाडौ,पोखरा लगायतका ठाउँमा पनि जान्छ ।

उनले च्याउ राम्रोसँग उत्पादन भएमा एक सिजनमा १० देखि १२ लाख फाइदा हुने बताउँछन् । पोहोर उनले एक फार्ममा १२ लाख लगान गरेका उनले त्यसबाट २२ लाख कमाएका थिए । उनले अहिले एक फर्ममा ६ लाख लगानी गरेका छन् । त्यसबाट उनले अहिलेसम्म ७ लाख बराबरको च्याउ बेचिसकेका छन् । ‘अहिले नख्खुको फर्ममा लगाएको च्याउबाट १ लाख फाइदा भएको छ । अझ विक्री हुँदैन छ । हेरौं कति फाईदा हुन्छ’ उनले भने । दंगालको च्याउ खेतीमा पुगेर लिइएका केही तस्वीहरु ।

शब्द: खिमा वस्नेत
तस्वीरः अमिष रेग्मी

ताजा समाचार

सम्बन्धित समाचार