Thursday, September 19, 2024

प्रदूषित वायुका कारण नेपालमा उच्च मृत्युदर

एक विश्वव्यापी संस्थाले गरेको अध्ययन अनुसार नेपालमा प्रति एकलाख मृत्युमा वायु प्रदुषणका कारण २१५ जनाको मृत्यु हुने गरेको छ ।

स्टेट अफ ग्लोवल एयर २०१८ को रिपोर्ट अनुसार नेपाल उच्च वायु प्रदुषण हुने दक्षिण एसियाली मुलुकहरुमध्ये एक हो । नेपालपछि वढी वायु प्रदुषण हुने मुलुक पाकिस्तान र भारत हुन् । वायु प्रदुषणका कारण सवैभन्दा कम मृत्यु हुने मुलुक चाँहि भुटान हो ।

दिल्ली र वेइजिङमा केही वर्षयता वायु प्रदुषणको मात्रा ह्वात्तै वढेपनि मृत्यु हुनेको संख्या भने नेपालमा वढी देखिएको छ । तर अध्ययनका अनुसार वायु प्रदुषणका कारण चीनमा भन्दा नेपालमा वढीको मृत्यु हुने गरेको छ । अध्ययन अनुसार चिनमा प्रति एक लाखमा वायु प्रदुषणका कारण ११७ जनाको मृत्यु हुने गर्दछ ।

सो अध्ययन अनुसार सन् २०१६ मा वायु प्रदुषणका कारण ३५ हजारको मृत्यु भएको थियो । सो अध्ययनले नेपालको हावा निकै प्रदुषित रहेको देखाएको छ जसले गर्दा क्यान्सर लगायतका रोगहरुको संक्रमण हुने गर्दछ ।

ताजा समाचार

सम्बन्धित समाचार