Tuesday, September 17, 2024

चीन भ्रमणमा जानु अघि ओलीले दिदैछन् गैंडा उपहार

भारतको पहिलो विदेश भ्रमणपछि यतिवेला प्रधानमन्त्री केपी ओली चीन भ्रमणको तयारीमा छन् । त्यसैको तयारीका लागि नै यतिवेला परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीनको भ्रमणमा छन् र उनले उच्चस्तरीय भेटघाटहरु गरिरहेका छन् ।

संयोग नै मान्नुपर्छ प्रधानमन्त्री ओलीले चीन भ्रमणको तयारी गरिरहँदा यस अगाडीको ओली नेतृत्वको सरकारले गरेको निर्णय अनुसार चीनलाई गैंडा उपहार दिने प्रक्रिया अगाडी वढेको छ । ओली नेतृत्वको सरकारले विसं २०७३ मा चीनलाई एकसिंगे गैंडा उपहार दिने निर्णय गरेको थियो तर ओली नेतृत्वको सरकार ढलेपछि त्यो प्रक्रिया अवरुद्ध भयो । ६ महिनादेखि एक वर्ष उमेरका दुई जोडी गैंडा उपहार दिने तयारी पछिल्ला दिनमा तिव्र रुपमा अगाडी वढेको छ ।

नेपालले सो प्रक्रिया अगाडी वढाएको जानकारी दिए लगत्तै चीनको एक सरकारी टोली आईसकेको छ । गैंडा समातेको हेर्नका लागि चिनियाँ टोली चितवन नै पुगेको छ । सो गैंडा चिन लगेपछि कसरी राख्ने तथा पालनपोषण गर्ने भन्ने जानकारीको लागि चिनियाँ टोली चितवन पुगेको हो । त्यसैगरी गैंडालाई वासस्थानबाट विमानस्थल र विमानबाट कसरी लैजाने भन्ने सम्वन्धमा पनि अध्ययन भईरहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार