काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमको प्रक्षेपण गरेको छ । शनिबार देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। आज( शनिबार) राती देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
आइतबार देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। आइतबार राती देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानहरूमा र मध्य र पूर्वका धेरै स्थानहरूमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी सोमबार राती आंशिक देखि सामान्य बदली रही पश्चिमका थोरै स्थानहरूमा र मध्य र पूर्वका धेरै स्थानहरूमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।





