काठमाडौँ – ललितपुरको छम्पीमा विद्यार्थीलाई कृषि सामग्री, बोटविरुवा तथा पशुपंक्षी चिनाउने उद्देश्यले इडुफार्म सञ्चालन गरिएकाे छ।
उक्त फार्ममा लप्सीको घारी छ। गाई, भैंसी, खसी, खरायो, बाख्रा, भेडा पनि पालिएका छन्। पशुपन्छी तथा कीराफट्यांग्रा पाठशाला छ। हाँस, टर्की, लुइँचे, बट्टाई, कुखुरालगायतका पंक्षी राखिएका छन्। फार्मबाट वरिपरि घना जंगल देखिन्छन्।
उक्त फार्ममा अर्गानिक तरकारी खेती पनि गरिएको छ। त्यहाँ लहरेबोडी, हरियो लसुन, प्याज, आलु, गोलभेडा, राज्मा, मटरकोसा र विभिन्न प्रकारका मौसमी सागसब्जी रोपिएका छन्।






