रुकुममा एउटै खोलाबाट पाँच लघुजलविद्युत्

रुकुम – रुकुमपूर्वको लुकुम खोलामा झण्डै आधादर्जन लघु जलविद्युत् आयोजना सञ्चालनमा छन्। भूमे गाउँपालिकाको बीच भागबाट बग्ने यो खोलामा पाँचवटा लघुजलविद्युत् आयोजना निर्माण भएका छन् भने दुईवटा ठूला आयोजनाको काम पनि भइरहेको छ ।

गाउँलाई उज्यालो बनाउने योजनासहित यस खोलामा करोडाैँ बजेट लगानी गरिएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताए। बागलुङ र रुकुमपूर्वको सीमा भूमे–१ लुकुम गाउँलाई शिर बनाएर बग्ने यस खोलामा मात्रै पाँच वटा लघुजलविद्युत् आयोजना सञ्चालनमा रहेका छन्।

गाउँपालिका अध्यक्ष बुढाका अनुसार भूमे गाउँपालिका–१ काँक्रीमा ८५ किलोवाट, वडा नं–२ त्रिवेणीमा ४५ किलोवाट, वडा नं–३ क्याङ्सीमा ३५ किलोवाट, –५ सिसाघारीमा १३५ किलोवाट र वडा नं–५ सेरावाङमा–५ किलोवाट गरी जम्मा ३०५ किलोवाट विद्युत् उत्पादन भएको छ।

उक्त गाउँपालिकाअन्तर्गतका कतिपय ठाउँ अन्धकार नै छन् । सबै नागरिकले बत्तीको उज्यालो पाउन सकिरहेका छैनन्। नागरिकको आवश्यकतालाई परिपूर्ति गर्दै गाउँपालिकाको सबै ठाउँमा विद्युत् विस्तार गरिने अध्यक्ष बुढामगरले बताए।

लुकुम खोलामा गाउँपालिकाले मेघा प्रोजेक्ट सञ्चालन गर्ने गरी पूर्व सम्भाव्यता अध्यनको कामलाई अगाडि बढाइसकेको र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अगाडि बढाउने तयारी भइरहेको अध्यक्ष बुढामगरले बताए । ‘‘लुकुम खोलाबाटै हामी ठूला आयोजना सञ्चालनमा ल्याएर अध्यारोमुक्त जिल्ला बनाउने लक्ष लिएका छौँ’’, अध्यक्ष बुढामगरले भने।

ताजा समाचार

सम्बन्धित समाचार