काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमको प्रक्षेपण गरेको छ।
महाशाखाले बुधबार जारी गरेको मौसमसम्बन्धी बुलेटिनका अनुसार बुधबार देशैभरी मेघ गर्जनसहित वर्षाको संभावना रहेको छ । पश्चिमी भूभागका साथै पूर्वी र मध्य पहाडी भेगका केही स्थानहरूमा मेघ गर्जन हुनुका साथै हावाहुरीसहितको वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ।
विहीबार देशैभर आंशिक बदली रही केही स्थानमा मेघ गर्जन, हावाहुरीसहितको वर्षा हुने संभावना छ।
शुक्रबार देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन, हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । शुक्रबार राति देशैभर आंशिक देखि सामान्य बदली रहने र केही स्थानमा मेघ गर्जन, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको उक्त बुलेटिनमा उल्लेख छ ।





