काठमाडौँ – नेपालको पहिलो भू–उपग्रह भोली(विहीबार) बिहान साढे दुई बजे प्रक्षेपण हुने नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले जनाएको छ।
नेपालका वैज्ञानिकहरूले जापानमा बनाएको उक्त भू–उपग्रह जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी (ज्याक्सा) को सहयोगमा अमेरिकाको भर्जिनियाबाट प्रक्षेपण हुन लागेको नास्ट प्रविधि संकाय प्रमुख डाक्टर रविन्द्र ढकालले बताए।
जेठको दोस्रो सातासम्म अर्बिटमा प्रवेश पाउने उक्त भू–उपग्रह लोअर बिटमा रहने पृथ्वीबाट करिब चार सय किलोमिटरको दूरीमा रहने उनको भनाइ छ।
उक्त भू–उपग्रहको प्रक्षेपण तथा त्यसले खिचेका तस्बिर नासा टेलिभिजनबाट प्रत्यक्ष हेर्न सकिने डा. ढकाल बताउँछन्।
उक्त प्रक्षेपण हेर्न तल दिइएकाे लिंकमा क्लिक गर्नुहोस्…
https://www.nasa.gov/multimedia/nasatv/index.html#public





