पत्रपत्रिकामा आज : संरक्षणको अभावमा लोप हुँदै गिद्ध, बाग्मती नदी मुहान संरक्षणमा १ अर्ब ९१ करोड सकियो

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।

राजधानी
– आजको राजधानीमा बाग्मती नदी मुहान संरक्षणमा १ अर्ब ९१ करोड सकियो भन्ने शिर्षकमा टेनिस रोकाको समाचार छापिएको छ। बाग्मती सुधार आयोजनामा फोहोर पानी व्यवस्थापन, बाग्मती सौन्दर्यीकरण, बागम्ती सरसफाई तथा बस्ती व्यवस्थापनमा व्यापक ढिलासुस्ती र अनियमितता पाइएको छ।

आयोजनाको अवधिमध्ये ८० प्रतिशत सम्पन्न हुँदासम्म १ अर्ब ९१ करोड ३२ लाख खर्च गरी ३२ दशमलव ६२ प्रतिशत मात्र भौतिक प्रगति देखिएको छ। आयोजनाको कुल लागत ३६ मिलियन अमेरिकी डलरमध्ये ऋण सहायता २५ दशमलव ५ मिलियन, अनुदान सहायता चार दशमलव पाँच मिलियन र नेपाल सरकारको स्रोततर्फ ६ मिलियन हुने सम्झौतामा उल्लेख छ।

समाचारपत्र
– आजको नेपाल समाचारपत्रमा करोडौंका सडक बनाउन आलटाल भन्ने मोतीराम तिमल्सिनाको समाचार छापिएको छ। भूकम्पका कारण क्षति पुगेको सडकको पुनर्निर्माणका लागि शुरू भएका काभ्रे जिल्लाका दुई सडकको कार्य समय सकिएको लामो समय सम्म पनि अधुरै छ ।

त्यसैगरि पुल बनेपछि बाँफीका स्थानीयलाई सहज शिर्षकमा विमल विष्टको सकाचार छापिएको छ। जिल्लाको शिखरनगरपालिका १ गरुपानीमा नयाँ झोलुंगे पुल निर्माण भएपछि यहाँको दिपायल सिलगढी नगरपालिका ३ बाँफी गाउँका सयौं स्थानीयका दुःखका दिन हटेका छन् । विगतको समयमा पुल नहुँदा दैनिक आफ्नो घर जनका लागि ज्यान जोखिममा राखेर सेती नदी वारपार गर्न बाध्य भएका स्थानिय पुलबनेपछि निकै खुसी भएका छन् ।

यस्तै हुरीले टेन्ट उडाएपछि पीडितको बिचल्ली शिर्षकमा गोकुल घोरसाइनेको समाचार छापिएको छ। मंगलबार साँझ आएको असिनापानीसँगैको हुरीले फेटा गाउँपालिकाका कतिपय हुरीपीढितहरुको टेन्ट उडाएको छ। फेटा गाउँपालिका वडा नं १ भलुही भरबलीया वडा ६ को पुरैनिया र वडा कं ३ को गछीया टोलमा दाताले दिएको दर्जनभन्दा बढी टेन्ट उडाएको वडा ६ पुरैनियाका वडाध्यक्ष जाकिर मियाँले बताए।

गाेरखापत्र
– आजको गोरखापत्रमा फोहोर व्यवस्थापनमा स्थानीय अग्रसर शिर्षकमा समाचार छापिएको छ। नेपालगञ्च उपमहानगरपालिकाले वडा कार्यलयले फोहोर व्यवस्थापनको काम शुरू गरेको छ।

त्यसैगरी संरक्षणको अभावमा लोपहुँदै गिद्ध शिर्षकमा होमराज रानाभाटको समाचार छापिएको छ । दुई वर्ष यता नेपालमा विभिन्न नौ प्रजातिका करिब १४ हजारभन्दा बढी गिद्ध रहेको अनुमान गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार