Tuesday, October 1, 2024

हावाहुरी प्रभावित क्षेत्रमा ‘वाटर एम्बुलेन्स’

काठमाडौं–हावाहुरी प्रभावित जिल्ला बारा र पर्सामा पिउने पानी शुद्धीकरणका लागि पानी परीक्षण घुम्ती सेवा अर्थात् पानी (वाटर) एम्बुलेन्स पठाइएको छ।

हावाहुरीले क्षति पु-याएको बस्तीमा पानीका कारण रोगव्याधी फैलन जोखिम हुने भएकाले खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी शुद्धीकरण गर्ने आधुनिक उपकरणसहितको वाटर एम्बुलेन्स त्यसतर्फ पठाएको हो।

पानी शुद्धीकरण गर्ने पियुष, एक्वा ट्याब र ब्लिचिङ पाउडर लगायतका सामग्री बोकेर विभाग र खानेपानी डिभिजन कार्यालय इटहरीबाट वाटर एम्बुलेन्स प्रभावित क्षेत्रमा गएको छ। पानीलाई शुद्धिकरण गरी पिउन योग्य बनाउनका लागि वाटर एम्बुलेन्समा प्रविधि जडान गरिएको जनाइएको छ।

पानी परीक्षण विशेषज्ञ किशोर पाण्डेको नेतृत्वमा टोली हावाहुरी प्रभावित क्षेत्रमा गएको छ।

ताजा समाचार

सम्बन्धित समाचार