Tuesday, October 1, 2024

हावाहुरीका कारण २७ जनाको मृत्यु, चिकित्सककाे टाेली बारातर्फ (अपडेट)

काठमाडौं–पूर्वी तराईका जिल्ला बारा र पर्सामा आइतबार बेलुका चलेको हुरीबतासका कारण घर, गोठ, विजुलीका पोल लगायत संरचना ढल्दा ज्यान जानेको संख्या २७ पुगेको गृहमन्त्रालयले जनाएको छ।

गृहमन्त्रालय, आपतकालीन कार्यसञ्चालन केन्द्रको पछिल्लो तथ्यांक अनुसार उक्त घटनामा कम्तिमा बारामा २६ र पर्सामा १ गरी २७ जनाको ज्यान गएको छ, भने ६ सय १२ भन्दाबढी घाइते भएका छन्। घाइतेमध्ये २ सय ७० जना उपचार पश्चात घर फर्किसकेका छन्, भने बाँकी घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पताल लगायत अन्य अस्पताल तथा क्लिनिकहरुमा उपचार भइरहेको छ।

गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार उपचार तथा उद्धारका लागि काठमाडौंबाट चिकित्सककाे टोली पठाइसकिएको छ। त्यस्तै, ४ सय ६८ थान पाल र ४ हजार १ सय ३८ थान कपडासहितको टोली सोमबार बिहान ५ बजे बारा प्रस्थान गरेको उनले जनाए।

सम्बन्धित समाचार :बारा र पर्सा: हावाहुरीका कारण कम्तिमा २५ जनाको मृत्यु, कयौं घाइते

ताजा समाचार

सम्बन्धित समाचार