Wednesday, October 2, 2024

थाहा पाउनुहाेस् पानीसम्बन्धी २७ विश्वव्यापी तथ्य/तथ्यांक

काठमाडाैं–विश्व पानी दिवस शुक्रबार विविध कार्यक्रम गरी मनाइएकाे छ। पानी दिवसको यस वर्षको नारा ‘कसैलाई पनि पछाडि नछोडाैं’ रहेको छ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले मार्च २२ तारिखलाई विश्व पानी दिवसको रुपमा घोषणा गरेयता हरेक वर्ष यो दिवस मनाउने गरिएको हो।

यो नाराले दीर्घकालीन विकास लक्ष्य २०३० को केन्द्रीय प्रतिज्ञालाई समेटेको छ। दीर्घकालीन विकास अगाडि बढ्दा सबैले फाइदा पाउनुपर्छ भन्ने हो। थाहा पाउनुहाेस् पानी सम्बन्धी विश्वव्यापी केही तथ्य/तथ्यांक

–पानीले पृथ्वीको सतहको लगभग ७० प्रतिशत भाग ओगटछ।

–पृथ्वीमा कुल पानीको मात्रामा १ प्रतिशत मात्र खानेपानीको रूपमा प्रयोग गर्न सकिन्छ।

–२७ हजार ५०० लिटर पानीले चार जनाको परिवारको लागि एक दिनको अन्नबाली उत्पादन गर्न आवश्यक पर्छ।

–पृथ्वीमा ६८.७ प्रतिशत ताजा पानी हिउँ लगायतको रुपमा जमेरमा बसेको छ।

–ताजा पानीको ३० प्रतिशत जमीन मुनि छ। संसारको पानी १.७ प्रतिशत जमेको छ र त्यसैले त्यो व्यर्थ छ। पानी ९ प्रतिशत बढ्छ जब यसलाई जमाइन्छ।

–विश्वभरको ९० प्रतिशत ताजा पानी अन्टाक्र्टिकामा छ।

–पानीले सल्फ्युरिक एसिड जस्तो कडा पदार्थ निस्क्रिय गर्न सक्छ।

–मानव शरीरको लगभग ६६ प्रतिशत पानीले बनाउछ। र मानव मस्तिष्कको ७० प्रतिशत पानी हो।

–७८० मिलियन मान्छे स्वच्छ पानी स्रोतको पहुँचमा छैनन्।

–हरेक मिनेटमा एक बच्चाको मृत्यु पानी सम्बन्धी रोगका कारण हुन्छ।

–पानीसँग सम्बन्धित रोगहरूबाट पीडित व्यक्तिहरूले संसारको अस्पतालको आधा भाग ओगटेका छन्।

–विश्वव्यापी रोगको १० प्रतिशत बोझ स्वच्छ पानीको आपूर्तिबाट कम गर्न सकिन्छ।

–संसारले बोटल पानीमा हरेक वर्ष गर्ने खर्चको ३३ प्रतिशतले ७८० मिलियन मानिसका लागि सफा पानी प्रदान गर्न सकिन्छ ।

–संसारमा अमेरिकाको दोबरभन्दा बढी जनसंख्या स्वच्छ पानीको पहुँच बिना जीवन बिताइरहेको छ।

–विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धिका कारण पानी संकलन गर्न झनै गाह्रोे बन्ने अनुमान गरिएको छ।

–प्रत्येक व्यक्तिले पिउन, खाना पकाउने र सफाइका लागि आफ्नो आधारभूत आवश्यकता सुनिश्चित गर्न पानी एक दिनमा २० देखि ५० लिटर आवश्यक पर्ने संयुक्त राष्ट्रले जनाएको छ।

–सन् २०३० सम्ममा संसारको ४७ प्रतिशत जनसंख्या पानीको उच्च अभाव क्षेत्रमा रहनेछ।

–संसारमा २७६ ट्रान्सबाउन्डरी नदी किनारा छन्। र, २०० ट्रान्सबाउन्डरी एक्वाफर्सको पहिचान गरिएको छ।

–जलश्रोतमा हाल देखिएको दबावका कारण पशुपालनमा चाहिने खानाको मागमा वृद्धि भएको देखाउँछ।

–पानी प्रयोग पछिल्लो शताब्दीमा जनसंख्या वृद्धिको भन्दा दोबर दरमा बढ्दै गएको छ।

–अफ्रिकी देशमा, महिला र बालबालिका अक्सरप्रति दिन ६ घण्टासम्म पानी ल्याउन खर्च गर्छन्। पानीको स्रोतमा पुग्न १५ देखि ३० मिनेटको दूरी घटाउने हो भने बालबालिकाको विद्यालय उपस्थिति १२ प्रतिशतले बढाउँछ।

–पानी प्रदूषणको प्रमुख स्रोतहरू मानव बसोबास, औद्योगिक र कृषि गतिविधि हुन्।

–कृषिबाट निस्कने नाइट्रेट रसायन संसारको भूमिगत पानीमा सबैभन्दा प्रदूषक तत्व हो।

–विकासशील देशमा ८० प्रतिशत ढल सीधैं नदी वा अन्य जल श्रोतमा मिसाइने गरिएको अनुमान छ।

–विश्वमा औद्योगिक र घरेलु क्षेत्रमा क्रमशः २० र १० प्रतिशत जल उपयोग हुन्छ।

–विश्वव्यापी रूपमा गरिएको अनुमान अनुसार उद्योगले हरेक वर्ष अनुमानित ३०० देखि ४०० मेगा टन प्रदूषित फोहोर पानीमा मिसाउछन्।

–अपर्याप्त जल आपूर्ति र स्वच्छताको कारण प्रत्येक वर्ष लगभग ३.५ मिलियन मानिसको ज्यान जाने गर्छ।

ताजा समाचार

सम्बन्धित समाचार