Friday, September 20, 2024

फोटोमा हेर्नुहोस् स्तरोन्नति भएको नारायणगढ-मुग्लिन सडक

३३ किलोमिटर दूरीको नारायणगढ– मुग्लिन सडक हालै मात्र स्तरोन्नति गरिएको छ।  नेपाल–भारत क्षत्रीय व्यापार र यातायात परियोजना अन्तरर्गत सडकको स्तरोन्नति गरिएको हो।  हालै मात्र निर्माण सम्पन्न भएको उक्त सडकखण्ड अन्तर्राष्ट्रिय स्तरको बनेको बताइएको छ।
सडकको स्तरोन्नतिसँगै सडक क्षेत्रमा अपनाइएका सुरक्षा उपायका कारण तुलनात्मक रुपमा सडक सुरक्षित बन्दै आएको हो।
यो सडक खण्डमा धेरै घुम्तीहरु छन् । घुम्ती सडकमा दुर्घटना हुन सक्ने सम्भावनालाई ध्यान दिएर नयाँ प्रविधिको स्पिड ब्रेकर राखिएको छ। जसले गर्दा यो हेर्दै लोभ लाग्ने सडकमा तीव्र गतिमा गाडी गुडाउन सहज छैन।

ताजा समाचार

सम्बन्धित समाचार