काठमाडौं – आजका दैनिक पत्रपत्रिकाले वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापेका छन् ।
कान्तिपुर
आजको कान्तिपुरमा तेलभन्दा पानी महँगो शिर्षकमा समाचार प्रकाशित छ । रामेछाप सदरमुकाम मन्थलीमा भइरहेको यथार्थतालाई चित्रण गरेर त्यहाँबाट टीकाप्रसाद भट्टले समाचार लेखेका छन् ।
महिनाको ३ सयले तेल पु¥याउने परिवारका लागि खानेपानीमै मात्र ६ सय रुपैयाँ लाग्न थालेको छ । वरपरका पानीका विभिन्न मुहानहरु सुक्न थालेपछि यस्तो समस्या देखीएको स्थानीय बताउँछन् ।
जलवायु परिर्वनले परम्परागत स्रोतहरु सुकेपछि रामेछापको दक्षिणी क्षेत्रका अधिकांश स्थानमा बिजुलीबाट पम्प गरेको पानी खान स्थानीय बाध्य छन् । बिजुलीको महसुल असाध्यै महँगो हुँदा सामान्य परिवारका लागि खानेपानी तेभन्दा खर्चिलो हुन थालेको हो ।
जिल्ला सदरमुकाम मन्थलीमा वितरण गरिएको खानेपानीको मासिक शुल्क न्यूनतम ६ सय छ । ‘मेरो परिवारमा ३ जना छौँ, पानी महिनाको ६ सयको लाग्छ, जब कि ३ सयको खाने तेलले महिना गुजार्छु,’ मन्थलीका टेकबहादुर भुजेलले भने ।
नेपाल समाचारपत्र
अबको ६ महिनाभित्र महानगर क्षेत्रका सबै कुकुर बन्ध्यकरण भइसक्ने खबर ईश्वरराज ढकालले लेखेका छन् । ६ महिनाभित्र काठमाडौंका १४ हजार कुकुरको बन्ध्याकरण गर्ने शिर्षक दिइएको छ ।
कामपाको सहयोगमा सञ्चालित मनुभित्र कार्यक्रमअन्तर्गत १४ हजार कुकुरको बन्ध्यकरण हुन लागेका हो ।
हालसम्म करिब ७ हजार कुकुरको बन्ध्यकरण भइसकेको छ ।
कामपाद्वारा गठित वडास्तरीय पशु व्यवस्थापन समितिको सहयोगमा भएको बन्ध्यकरण कार्यक्रम महानगरको २१ वडामा सम्पन्न भइसकेको छ ।
अब बाँकी रहेको ११ वटा वडा ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको संयोजक डा। संगीता सापकोटाले जानकारी दिइन् ।
उनका अनुसार सन् २०१६ अप्रिलमा सिंहदरबारका कुकुर बन्ध्यकरण गरी सुरु गरिएको कार्यक्रम अबको ५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
कार्यक्रमअन्तर्गत वडामा रहेका कुकुरको यकिन पहिचान गर्ने र त्यसलाई बन्ध्यकरण र औषधी उपचार गरी सोही स्थानमा छाड्ने प्रचलन रहेको छ ।
गोरखापत्र
गोरखापत्रमा नेपालका नदीमा पानीजहाज, प्राविधिक अध्ययन थाल्ने सहमती शिर्षकमा खबर छ । भउचप्रसाद यादवले लेखेको समाचारमा पानीजहाज सञ्चालनबारे प्राविधिक अध्ययन शुरु गरिने कुरा उल्लेख छ ।
खबरमा भनिए अनुसार नेपाल तथा भारतका अधिकारीहरुले नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि प्राविधिक अध्ययन तत्कालै सुरु गर्न सहमती जनाएका छन् ।
नेपाल र भारतले संयुक्तरुपमा विभिन्न चार जलमार्गमा पानीजहाज सञ्चालन गर्नेबारेमा संयुक्त अध्ययन शुरु गर्ने भएको छ । काठमाडौंमा सम्पन्न दुई देशका उच्च अधिकारीको बैठकले पानीजहाज सञ्चालनका लागि चार मार्ग सिफारिश गर्दै प्राविधिक अध्ययन गर्ने निर्णय गरेको छ ।
पानीजहाज हुने मार्गहरुमा साहेबगञ्ज–मरीहरी–पानीट्याङ्की र काँकडभिट्टा, हल्दिया– वाराणसी–सुनौली र भैरहवा, कालुघाट–वाल्मिकीनगर र गण्डक ब्यारेज र साहेबगञ्ज–भीमनगर कोशी ब्यारेज रहेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
सरकारले नारायणी नदीको गण्डक बाँध हुँदै पानीजहाज ल्याउने गरी केही दिन पहिले पानीजहाज कार्यालयसमेत स्थापना गरिसकेको छ । बैठकमा दुई देशका संयुक्त प्राविधिक टोली बनाएर नारायणी नदीमा जल यातायात सञ्चालनसम्बन्धी प्राविधिक अध्ययन तत्काल शुरु गर्ने सहमति भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
भारतीय अधिकारीले गण्डक नदी हुँदै नेपालले पानीजहाजबाट सामान आयात निर्यात गर्न सक्ने बताउँदै आएको छ । बैठकमा नेपालको पक्षबाट जल तथा ऊर्जा आयोगका सहसचिव एवं टोली प्रमुख माधव बेल्वासेको नेतृत्वमा दश उच्च सरकारी अधिकारी सहभागी थिए ।
यस्तै भारतीय सरकारको तर्फबाट अन्तरदेशीय जल यातायात प्राधिकरणका उपाध्यक्ष प्रविर पाण्डेको नेतृत्वमा आठ जना सहभागी हुनुहुन्थ्यो । नेपाल र भारतका संयुक्त अध्ययन टोलीले नारायणी तथा कोशी नदीमा जल यातायातको सम्भावना तथा पूर्वाधार विकास सम्बन्धमा यही फागुन २० देखि २२ गतेसम्म संयुक्त स्थलगत अध्ययन गरेको थियो ।
बहुपक्षीय प्राविधिक सहायता परिचालन गरी जलमार्गको विस्तृत अध्ययन गर्ने सहमति भएको छ । संयुक्त प्राविधिक समितिमा नेपाल र भारतका तीन÷तीन सदस्य रहनेछन् ।
प्राविधिक समितिले नारायणी नदीमा जल यातायात सञ्चालनसम्बन्धी प्राविधिक अध्ययन तत्काल शुरु गर्ने सहमतिसमेत जनाएको छ ।
बैठकमा नेपाली पक्षले भारतले गङ्गा नदीमा विकास गरिरहेको जल यातायात मार्गमा नेपालमा दर्ता भएका पानीजहाज सञ्चालनको सम्भावनाका सम्बन्धमा चासो राखेको र भारतीय पक्षले सोसम्बन्धी कानूनी प्रावधान अध्ययन गरी जानकारी गराउने वचन दिएको छ ।