Friday, April 11, 2025

जहाँ ढुंगाबाट भगवान बनाइन्छ (फोटो/भिडियो)


काठमाडौँ
– प्रकृतिमा उपहार मानिने ढुंगा को निकै नै महत्त्व छ। विभिन्न संरचना निर्माणका लागि ढुंगाको प्रयोग हुँदै आएको छ। ढुंगाबाट नै मानिसको बास बन्छ, ढुंगाले नै मानवीय जीवनलाई सहज र सरल बनाएको छ।

बहुउपयोगी ढुंगाबाट संरचना मात्र निर्माण हुँदैन, धार्मिक कार्यमा पनि ढुंगाको प्रयोग भइरहेको छ। मानिसले पुज्ने भगवानका मुर्ति पनि प्राय ढुंगाबाटै निर्माण भएका हुन्छन् ।

ललितपुरको पाटन क्षेत्रमा ढुंगाबाट विभिन्न देवी देवताका मुर्ति बनाइन्छ। त्यहाँ लामो समयदेखि ढुंगाबाट भगवानका मुर्ति बनाउनेहरू प्रशस्तै भेटिन्छन्। त्यहाँका मुर्तिकारहरू ढुंगालाई कुँदेर विभिन्न आकारका सुन्दर देवी देवताका मुर्ति बनाउँदै आएका छन्।  तर, मुर्ति बनाउने ढुंगाको उत्खनन् व्यवस्थित तवरले नहुँदा वातावरणमा नकारात्मक असर पर्नुका साथै उक्त पेशा जोखिममा परेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार