Wednesday, November 20, 2024

‘नेपालले रेलमा चिनियाँ मापदण्ड प्रयोग गर्दैमा भारत निराश हुनुपर्दैन’

काठमाडौँ–नेपालले आफ्नो रेलवे नेटवर्कमा चिनियाँ मानक मापदण्डको प्रयोग गर्ने र यसले भारतलाई निराश बनाएको सहजै बुझ्न सकिने चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ।

सो पत्रिकामा प्रकाशित समाचारका अनुसार भारतले आफ्नो वाइडर मापक प्रयोग गर्न मनाउने प्रयास गरेको थियो । तर, त्यसमा नेपालमा सहमत भएन्। सो पत्रिकाले नेपालको यो निर्णयलाई भारतले चुनौतीको रुपमा लिन नहुने उल्लेख गरेको छ।

सो पत्रिका अनुसार चिनियाँ मापदण्ड अनुसारको रेलवे नेटवर्क निर्माण गरेमा यसले नेपालको भारतप्रतिको निर्भरतामा कमि ल्याउन सहयोग गर्नेछ।

सो पत्रिकाले भनेको छ, ‘नेपालले चीनसँग आर्थिक सहकार्यलाई बलियो बनाउँदै लगेको छ भन्ने कुरा भारतले स्वीकार गर्न आवश्यक छ र नेपालले आफूलाई अनुकुल हुने नीतिको अबलम्वन गर्नेछ।’ चिनियाँ मानक प्रयोग गर्ने नेपालको निर्णय नेपालको आर्थिक कदम भएकोे र काठमाडौँको राजनीतिक अडानसँग यो सम्बन्धित नभएको उक्त  पत्रिकामा जनाइएको छ।

चीनले १४३५ मिलिमिटरको स्पेसिफिकेसन प्रयोग गरिहेको छ जुन संसारको ६० प्रतिशतभन्दा बढी रेलवे लाइनहरुमा प्रयोग भइरहेको छ। नेपालले चीनको मानक मापदण्ड प्रयोग गरेमा अन्तराष्टिय मापदण्ड अनुसार हुने र यसले अन्तराष्ट्रिय रेल संचालनसँग जोडिन आधार तयार पार्ने समेत यो समाचारमा उल्लेख गरिएको छ।

तर, भारतमा भने विभिन्न मापकहरु प्रयोग भइरहेका छन्। विभिन्न अध्ययन अनुसार भारतको रेवलेको ट्याकमा १६७६ मिलिमिटर फराकिलो मापक प्रयोग भएको छ जुन भारतको ८० प्रतिशत रेलवेमा प्रयोग हुने गरेको छ। सो पत्रिकाले क्रस हिमालयन कनेक्टीभिटीले नेपालमा भारतको एकाधिकार अन्त्य हुने दाबी गरेको छ ।

साथै, सो पत्रिकाले नेपालमा चीनको रेल पुगेपछि अप्रत्यक्ष रुपमा यसले भारत र चीनको बीचमा रेल कनेक्टीभिटीमा सहयोग गर्ने समेत उल्लेख गरेको छ। कुन मापदण्ड प्रयोग गर्ने भन्ने विषयमा लामो समयदेखि विभिन्न तहमा छलफल हुँदै आएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार