Wednesday, November 20, 2024

पत्रपत्रिकामा आज : देखिँदैनन् जेब्रा क्रसिङ, सरकारी जग्गामा धमाधम निजी संरचना

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।
नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा सरकारी जग्गामा धमाधम निजी संरचना शिर्षकमा समाचार छापिएको छ । गोदावरी नगरपालिकाले २ सय रोपनी सरकारी जग्गा धमाधम संरचना बनिरहेको छ । गोदावरी नगरपालिका–९ मा निजी लगानीमा व्यवसायिक प्रयोजनका लागि अबैध रुपमा संरचना बनाउने काम तीव्र बनाइएको छ।

अहिले उक्त स्थानमा भौतिक संरचना निर्माण गर्ने कामले तीव्रता पाएको छ। त्यस स्थानलाई व्यवसायिक प्रयोजनका बिभिन्न किसिमका भौतिक संरचना बनि रहेका छन ।

डाँडाभरीका रुख विरुवा काटेर डाडालाई सम्म पारिएको छ भने जथाभावी रुपमा सडक खनिएको छ । सरकारी जग्गा अतिक्रमण हुदापनि नगरपालिका भने मौन रहेको छ ।

नगरपालिकाको नगरपरिषद र नगर बोर्ड बैठकले वडा ९ स्थित फिसिङ डाँडाको २ सय रोपनी सार्वजनिक जग्गा लिजमा दिने निर्णय गरेको थियो ।

राजधानी
–आजको राजधानीमा रेलको लिगमा खेलेर बिताउँछन् बालबालिका शिर्षकमा सुजीतकुमार झाको समाचार छापिएकोछ। जनकपुर जयनगर रेल सञ्चालनमा ढिलाइ भएपछि लिक क्षेत्र अहिले बालबालिकाको क्रीडास्थल बनेको छ। दिनभरी बालबालिका लिगमै खेलेर रमाउँछन्।

जनकपुर जयनगरबीच एक दर्जन गाउँ पर्ने गरेको छ, ती गाउँका बालबालिका रेलको लिगमा दिनहुँ खेल्ने गर्छन्। वैदेही स्टेसनमा खेलिरहेका ८ वर्षीय पंकज भन्छन्, हामी विद्यालयबाट आएपछि यहीँ खेल्ने गर्छौँ। पंकजसँगै एकदर्जन बालबालिका त्यहाँ खेलिरहेका थिए ।

कान्तिपुर
–आजको कान्तिपुरमा देखिँदैनन् जेब्रा क्रसिङ शिर्षकमा दीपेन्द्र विष्ट र विमल खतिवडाको समाचार छापिएको छ। संघीय संसद् भवनको एक नम्बर गेटअगाडि जेब्रा क्रसिङको रङ उप्किएको ७ महिनाभन्दा बढी भइसक्यो । प्रत्येक दिन सांसद त्यही बाटो हुँदै संसद भवन छिर्छन् । तर जेब्रा क्रसिङमा रङ लगाउन कुनै निकायले चासो देखाएका छैनन्।

सिंहदरबारको दक्षिण गेटअगाडि सडकको जेब्रा क्रसिङको हालत पनि उस्तै छ । रङ उप्केको एक वर्षभन्दा बढी बितिसकेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार