Wednesday, November 20, 2024

गोदावरीमा जग्गा विवादका उजूरी अत्यधिक

गोदावरी–गोदावरी नगरपालिकामा चालू आर्थिक वर्ष २०७५/७६ को फागुन ५ गते सम्ममा ३० भन्दा बढी जग्गा विवादका उजूरी परेको छ।

सरकारले स्थानीय निकायलाई न्यायिक समितिको जिम्मेवारी दिएपछि जग्गा विवादका बढी उजूरी नगरपालिकामा परेका हुन्। नगरपालिकामा चालू आवको शुरुआतदेखि फागुन ५ गतेसम्म कूल ६० उजूरी परेको छ । गोदावरी नगरपालिकाका न्यायिक समिति सचिवालय सदस्य सन्तबहादुर देसारका अनुसार नगरपालिकामा परेका कूल ६० उजूरीमध्ये ३० जग्गा विवादका छन् ।

उनले भने, “बाँकी अन्य उजूरी निर्माण रोक्का, न्याय दिलाउने सम्बन्धि, आवश्यक कारवाही तथा बाटो कायम र जग्गा फिर्ता गर्ने विषयका रहेका छन् ।” गोदावरीमा अहिलेसम्म सम्बन्ध विच्छेद सम्बन्धि उजूरी भने परेको छैन । रासस

ताजा समाचार

सम्बन्धित समाचार