काकाकुल बन्दैछन् चुरेवासी

पशुपतिनगर– इलामको दक्षिणी चुरे क्षेत्रका दुई स्थानीय तहमा मुहान सुकेसँगै खानेपानीको हाहाकार भएको छ।

चुरे क्षेत्रको वन फडानीले भूक्षय र पहिरो गएपछि पानीका मुहान पुर्ने र हिउँदमा मुहान सुक्ने गरेकाले हाल झण्डै ५० हजार व्यक्ति खानेपानीका लागि खोला र खोल्सा धाउन बाध्य छन् ।

प्राकृतिक कुवा, धारा सुकेसँगै दक्षिणी चुरे क्षेत्रका बासिन्दाले खानेपानीको अभाव झेलेको वर्षाै बितेको छ। गाउँका पानीका मुहान सुकेसँगै दक्षिणी चुरे क्षेत्रका बासिन्दाका लागि खोला र खोल्साका किनार पानीका स्रोत भएका छन्।

चुरे क्षेत्रमा जङ्गल फँडानी, अव्यवस्थित बसोबास, विकास निर्माण र अतिक्रमणका कारण पानीका मुहान सुकेपछि स्थानीयवासीले खानेपानीका लागि सास्ती खेप्नु परेको महमाईका देवीभक्त कुमालले बताए।

चुरे क्षेत्रमा पर्ने माई नगरपालिका र चुलाचुली गाउँपालिका क्षेत्रमा वन फँडानी बढेसँगै वर्षात्मा हुने भूक्षय र बाढीपहिरोले पानीका मुहान पुरिने र सुक्ने गरेको छ ।

वर्षौँदेखि उपभोग गर्दै आएको पानीको स्रोत सुकेपछि चुरे क्षेत्रका बासिन्दा खोला किनार तथा खेतमा ट्युवेल, इनार बनाई वर्षात्मा धमिलो र हिउँदमा बालुवासहितको पानी खान बाध्य छन् ।

आयस्रोत हुनेले ट्युवेल र इनारको पानी मोटरबाट घरमै तान्छन् भने नहुनेले खोला किनार धाउने गरेको दानाबारीका तेजबहादुर घिमिरेले बताए। चुरे क्षेत्रको खानेपानी समस्या समाधानका लागि सरकारी निकायबाट प्रयास भए पनि दीर्घकालसम्म पानी हुने मुहान नहुँदा खानेपानी आयोजना अलपत्र छन् ।

वर्षातमा कुवा तथा धारोमा पानी भए पनि दक्षिणी चुरे क्षेत्रका बस्तीमा हिउँदमा पानीको अत्यधिक समस्या हुने गरेको छ। दिनप्रतिदिन खानेपानीका मुहान सुक्न थालेका छन् ।

पानीको सङ्कट भएसँगै विद्यार्थीले तिर्खा मेटाउन घरैबाट बोतलमा पानी ल्याउने गर्छन् । चुरे क्षेत्रका विद्यालयमा खानेपानी अभाव हुँदा तिर्खा लाग्दा पिउने र विद्यालय सरसफाइमा समस्या हुने गरेको माई नगरपालिकाका दीपक थेवेले बताए ।

विद्यालय परिसरमा खानेपानी नभएकै कारण माई नगरपालिका–४ स्थित कन्काइ उच्च मावि, दीपज्योति प्रावि, महमाईको वीरेन्द्र निमाविलगायतका विद्यालयका विद्यार्थी घरैबाट बोतलमा खानेपानी बोकेर विद्यालय जान बाध्य छन्।

विद्यालयले गाउँबाट खोजेर एक गाग्री पानी ल्याए पनि हिउँदमा समस्या हुने गरेको छ । कन्काइ उच्च माविका शिक्षक खेमराज लिम्बू विद्यार्थी पानी खान नजिकको गाउँ जाने गरेकाले पढाइमा समेत समस्या हुने गरेको बताए ।

अत्यधिक वन फँडानी र खानेपानीको मुहान संरक्षण नहँुदा चुरे क्षेत्रका पानीका मुहान सुक्दै जान थालेपछि पानीको अभाव बढ्न थालेको हो।

साविक दानाबारी गाविसको २, ३, ४, ५ र ७ नं वडालाई समेट्ने गरी झण्डै दुई दशकअघि एसियाली विकास बैंकको सहयोगमा रु एक करोड ६७ लाख लागतमा निर्माण भएको झुत्रे खानेपानी आयोजनाअन्तर्गत निर्माण भएका ४२२ मध्ये अहिले ८÷१० धारामा मात्र मुस्किलले पानी आउँछ ।

आयोजनाको प्रायः सबै धारा भत्किएका छन् । बाँकीमा दानाबारीको सितलीबजार क्षेत्रका स्थानीयवासीले मर्मत गरी जेनतेन पानी प्रयोग गर्दैछन् ।

साविक दानाबारीको–३ को गङ्टे–९ को माझीटार र महमाईको कलकते चुलीका बासिन्दालाई अहिले पानीको समस्या छ ।

खोलाछेउका बासिन्दाले खोला किनारमा खाल्डो खन्ने र ट्युवेल गाडेर भए पनि पानीको समस्या टार्दै आएको माई नगरपालिकाका कमल भण्डारीले बताए ।

चुलाचुली गाउँपालिकाका बासिन्दाले समेत खानेपानीको अभाव खेपिरहेका छन् । भएका खानेपानीका मुहान र कुवासमेत दिनप्रतिदिन सुक्दै गएकाले समस्या जटिल बन्दै गएको हो ।

खानेपानी लिन घण्टौँ धाउनुपर्ने र पालो कुर्नुपर्ने चुलाचुली गाउँपालिका आइतबारेका नरमाया बुढाथोकीले बताउनुभयो । गाईवस्तुलाई पानी खुवाउन निकै समस्या छ। पुराना खानेपानी आयोजनाका मुहान सुकेपछि धारामा पानी आउन छाडेको महमाईका सन्तराम योङहाङले बताए।

चुरे क्षेत्रमा पर्ने माई नगरपालिका र चुलाचुली गाउँपालिका क्षेत्रमा वन फँडानी बढेसँगै वर्षात्मा हुने भूक्षय र बाढीपहिरोले पानीका मुहान पुरिने र सुक्ने गरेको छ।

वर्षौँदेखि उपभोग गर्दै आएको पानीको स्रोत सुकेपछि चुरे क्षेत्रका बासिन्दा खोला किनार तथा खेतमा ट्युवेल, इनार बनाई वर्षात्मा धमिलो र हिउँदमा बालुवासहितको पानी खान बाध्य छन्।

आयस्रोत हुनेले ट्युवेल र इनारको पानी मोटरबाट घरमै तान्छन् भने नहुनेले खोला किनार धाउने गरेको दानाबारीका तेजबहादुर घिमिरेले बताए।

चुरे क्षेत्रको खानेपानी समस्या समाधानका लागि सरकारी निकायबाट प्रयास भए पनि दीर्घकालसम्म पानी हुने मुहान नहुँदा खानेपानी आयोजना अलपत्र छन्।

वर्षातमा कुवा तथा धारोमा पानी भए पनि दक्षिणी चुरे क्षेत्रका बस्तीमा हिउँदमा पानीको अत्यधिक समस्या हुने गरेको छ।

दिनप्रतिदिन खानेपानीका मुहान सुक्न थालेका छन् । पानीको सङ्कट भएसँगै विद्यार्थीले तिर्खा मेटाउन घरैबाट बोतलमा पानी ल्याउने गर्छन्।

चुरे क्षेत्रका विद्यालयमा खानेपानी अभाव हुँदा तिर्खा लाग्दा पिउने र विद्यालय सरसफाइमा समस्या हुने गरेको माई नगरपालिकाका दीपक थेवेले बताए ।

विद्यालय परिसरमा खानेपानी नभएकै कारण माई नगरपालिका–४ स्थित कन्काइ उच्च मावि, दीपज्योति प्रावि, महमाईको वीरेन्द्र निमाविलगायतका विद्यालयका विद्यार्थी घरैबाट बोतलमा खानेपानी बोकेर विद्यालय जान बाध्य छन्।

विद्यालयले गाउँबाट खोजेर एक गाग्री पानी ल्याए पनि हिउँदमा समस्या हुने गरेको छ । कन्काइ उच्च माविका शिक्षक खेमराज लिम्बू विद्यार्थी पानी खान नजिकको गाउँ जाने गरेकाले पढाइमा समेत समस्या हुने गरेको बताए ।

अत्यधिक वन फँडानी र खानेपानीको मुहान संरक्षण नहँुदा चुरे क्षेत्रका पानीका मुहान सुक्दै जान थालेपछि पानीको अभाव बढ्न थालेको हो ।

साविक दानाबारी गाविसको २, ३, ४, ५ र ७ नं वडालाई समेट्ने गरी झण्डै दुई दशकअघि एसियाली विकास बैंकको सहयोगमा रु एक करोड ६७ लाख लागतमा निर्माण भएको झुत्रे खानेपानी आयोजनाअन्तर्गत निर्माण भएका ४२२ मध्ये अहिले ८÷१० धारामा मात्र मुस्किलले पानी आउँछ ।

आयोजनाको प्रायः सबै धारा भत्किएका छन् । बाँकीमा दानाबारीको सितलीबजार क्षेत्रका स्थानीयवासीले मर्मत गरी जेनतेन पानी प्रयोग गर्दैछन् ।

साविक दानाबारीको–३ को गङ्टे–९ को माझीटार र महमाईको कलकते चुलीका बासिन्दालाई अहिले पानीको समस्या छ । खोलाछेउका बासिन्दाले खोला किनारमा खाल्डो खन्ने र ट्युवेल गाडेर भए पनि पानीको समस्या टार्दै आएको माई नगरपालिकाका कमल भण्डारीले बताए।

चुलाचुली गाउँपालिकाका बासिन्दाले समेत खानेपानीको अभाव खेपिरहेका छन् । भएका खानेपानीका मुहान र कुवासमेत दिनप्रतिदिन सुक्दै गएकाले समस्या जटिल बन्दै गएको हो ।

खानेपानी लिन घण्टौँ धाउनुपर्ने र पालो कुर्नुपर्ने चुलाचुली गाउँपालिका आइतबारेका नरमाया बुढाथोकीले बताए । गाईवस्तुलाई पानी खुवाउन निकै समस्या छ।

पुराना खानेपानी आयोजनाका मुहान सुकेपछि धारामा पानी आउन छाडेको महमाईका सन्तराम योङहाङले बताए। गाउँ छेउका मुहान सुक्दै गएका कारण अधिकांशले खोलाको पानी उपभोग गर्ने गरेका छन्। रासस

ताजा समाचार

सम्बन्धित समाचार