उपत्यकासहित देशभर मौसम बदली , कतै पानी पर्ने

काठमाडौं– उपत्यकासहित देशका अधिकांस भू–भागमा मंगलबार (आज) आंशिक बदलि रही केही स्थानमा हल्का पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उपत्यकामा पानी पर्ने संभावना भने नरहेको मौसमविद् विभुती पोखरेलले जानकारी दिईन् । देशको मध्य र पश्चिमी भू–भाग लगायत पूर्वी पहाडि भेगहरुमा आंशिक बदलि रहने र अन्य भू(भागमा मौसम सामन्यतया सफा रहने पनि महाशाखाको भनाई छ ।

यसैगरी महाशाखाका अनुसार पश्चिमी भेगका केहि स्थानहरुमा र पूर्वी र मध्य पहाडि भेगका थोरै स्थानमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ । हिमालि भू(भागका केहि स्थानहरुमा हल्का हिमपातको संभावना देखिएको मौसमविद् पोखरेलले बताइन् ।

राति स् देशको पहाडी भेगमा आंशिक बदलि भई पश्चिमि र पूर्वी पहाडि भेगका एक दुई स्थानमा मेघगर्जन सहितको हल्का वर्षा हुने संभावना छ ।

ताजा समाचार

सम्बन्धित समाचार