काठमाडौँ – पश्चिमी वायुको प्रभावका कारण शुक्रबारदेखि पुनः मौसम बदली हुन सुरु गरेको छ । यसैक्रममा शनिबार उपत्यका र देशका विभिन्न भागमा वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको मौसम पूर्वानुमान अनुसार भोली (आइतबार) दिउँसो देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक वदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
यस्तै पूर्वी पहाडी भू(भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । ‘राति देशको पहाडी भूभागमा आंशिक वदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ’,महाशाखाले भनेको छ ।
यसैगरी पर्सि (सोमवार) दिउँसो देशको पश्चिमि भु–भाग लगायत पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक देखी सामान्य वदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिएको महाशाखाले जनाएको छ ।
देशको पश्चिमि भु–भाग लगायत पूर्वी तथा मध्य पहाडी भूभागका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति देशको पश्चिमि र मध्य भूभागमा सामान्य वदली रहने तथा पूर्वि भूभागमा आंशिक बदलि रहने देखिन्छ । पश्चिमि भु(भागका थोरै स्थानहरुमा तथा मध्यका १–२ स्थानमा हल्का वर्षाको संभावना रहेको छ। देशका पश्चिमि तथा मध्यका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।





