Saturday, October 19, 2024

अनिवार्य रुपमा वातावरणीय परिक्षण गरेर मात्र होटल तथा रिसोर्ट संचालन गर्न पत्राचार

काठमाडौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभर संचालनमा रहेका होटल तथा रिसोर्टहरुलाई अनिवार्य रुपमा प्रारम्भिक वातावरणीय परिक्षण गरेर मात्र संचालन गर्न  पत्राचार गरेको छ । मन्त्रालयले अधिकांश रिसोर्ट र होटलहरुले वातावरण संरक्षण नियमावली अनुसार प्रारभ्भिक वातावरणिय परीक्षणको प्रक्रिया तत्काल शुरु गर्न समेत आग्रह गरेको छ ।

५० देखी १०० शैया सम्मको होटल स्थापना र संचालन गर्न अनिवार्य रुपमा प्रारम्भिक वातावरणीय परिक्षण गर्नुपर्ने र सोही नियमावलीको नियम ३ को अनुसूची –२ वमोजिम १०० शैया भन्दा बढिको होटल निर्माण ,स्थापना र संचालन गर्न अनिवार्य रुपमा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुेपर्ने कानूनी प्रावधान छ ।

वातावरण संरक्षण ऐन,२०५३ तथा वातावरण संरक्षण नियमावली,२०५४ को नियम ३ को अनुसूची –१ खण्ड अ को सि.नं २१ वमोजिम वन क्षेत्र ,राष्ट्रिय निकुञ्ज, आरक्ष तथा संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रमा १० देखी ५० शैया सम्मको रिसोर्ट, होटल निर्माण तथा संचालन गर्न र अनुसूची–१ खण्ड ए को सि.नं १ वमोजिम ५० देखी १०० शैया सम्मको होटल स्थापना र संचालन गर्न अनिवार्य रुपमा प्रारभ्भिक वातावरणीय परिक्षण गर्नुपर्न प्रावधान रहेको छ । वातावरणिय प्रतिवेदन स्वीकृत नगराई उद्योग संचालन गरिएको पाइएमा कारवाही गरिने समेत मन्त्रालयले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार