Saturday, October 19, 2024

सगरमाथा आरोहरणको लागि वाटो वनाउने कार्य अन्तिम चरणमा

काठमाडौ— हिमाल आरोशरणको मौसम शुरु हुनै लाग्दा विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहरणको लागि रुट वनाउने कार्य अन्तिम चरणमा पुगेको सरकारी अधिकारीहरुले वताएका छन् । यस सिजनको आरोहरणका लागि आरोहीहरु धमाधाम सगरमाथा वेसक्याम्प पुगिरहेका छन् ।

विगत तीन सातादेखि आठ जना आइसफल डक्टरहरुले वाटो वनाउने कार्यलाई तिव्रता दिएका छन् र केही दिनमा नै वाटो खुला हुने वताईएको छ । अहिले उनीहरुले सो रुटमा धमाधम डोरी र भ—याङकहरु जडान गरिरहेका छन् । आठ जनाको टोली वाटो वनाउँदै विहिवार पहिलो वेसक्याम्पसम्म पुगेको छ । विगतका वर्षहरुमा लिईएको वाटो भन्दा यस पटकको वाटो सबैभन्दा सुरक्षित भएको काम खटिएका शेर्पाहरुले वताएका छन् ।

यस पटकको आरोहरणका लागि धमाधाम तयारी भईरहेको छ । आरोहरण कार्यमा संलग्न व्यवसायीहरुले यस अगाडी नै धमाधम टेन्टहरु गाड्न थालिसकेका छन् । अहिलेसम्म सगरमाथा आरोहरणका लागि १५० जनाले पर्यटन विभागबाट अनुमति लिईसकेका छन् । यस सिजनमा पनि झण्डै ३०० जनाले खगरमाथा आरोहरण गर्ने सरकारी अधिकारीहरुको  अनुमान छ । गत वर्ष ३७५ जनाले सगरमाथाको आरोहरण गरेका थिए ।  सरकारले सगरमाथा आरोहरणको ६५ वर्षगाँठ मनाउने तयारी गरिरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार