Saturday, October 19, 2024

दिल्ली टुरिष्ट वसमा अवैध रक्तचन्दन ओसारपसार

काठमाडौं—दिल्ली चल्ने टुरिष्ट वस मार्फत रक्त चन्दनको अवैध ओसारपसार हुने गरेको पाइएको छ ।  रक्त चन्दन तथा अबैध सामान सहित काठमाडौँबाट दिल्ली चल्ने ना.४ ख ४५१६ नम्बरको टुरिष्ट बसका चालक झिल्केमान रुम्बा र  सहचालक सुजन पुनलाई प्रहरीले वुधवार पक्राउ गरी सार्वजनिक गरेको छ । 

काठमाडौँबाट दिल्ली चल्ने टुरिष्ट बसहरुमा विभिन्न प्रकारका अवैध सामानहरु राजस्व छलि दिल्लीबाट काठमाडौँ आउदै गरेको बसलाई चेक गर्दा भाँडा बनाएको १० किलो ७७५ ग्राम र मालामा प्रयोग गर्न बनाएको १३०२ दाना (४७० ग्राम) रक्त चन्दन बरामद भएको प्रहरीले जानकारी दिएको छ । बरामद रक्त चन्दनका सामानहरु आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीको लागि जिल्ला बन कार्यालय हात्तिसार पठाइएको प्रहरीले जानकारी दिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार