काठमाडौँ –आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।
नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा चुरे र महाभारत जोगाउन हम्मेहम्मे शिर्षकमा नरेन्द्र केसीको समाचार छापिएको छ । दक्षिणमा चुरे र उत्तरमा महाभारतले घेरिएको भित्री मधेशमा पर्ने दाङ भूबनोटको हिसाबले संवेदनशील मानिन्छ । तर, वर्षेनी बढ्दै गएको प्राकृतिक स्रोत साधनको दोहनले भूक्षय पनि बढ्दै गएको छ ।
राप्ती नदीदेखि दक्षिण चुरे पहाड रहेको छ भने उत्तरतर्फ महाभारत पर्दछ । पछिल्लो समयमा बढ्दै गएका सिमेन्ट उद्योगका कारण उत्तरी पहाडमा उत्खनन ह्वात्तै बढेको छ भने दक्षिणमा नदीजन्य पदार्थको अनियन्त्रित उत्खननले पर्यावरणीय संकट गहिरिदै गएको जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपाली बताउँछन्। ‘उत्तरतिर चुनढुंगा उत्खनन्ले पानीको स्रोत कम भइरहेको छ’, उनले भने– ‘दक्षिणतिर चुरेमा बढ्दो अनियन्त्रित नदीजन्य पदार्थको उत्खननले चुरेको दोहन भइरहेको छ ।’
रुखबिरुवा रोपेर उम्रने भएकाले काटे पनि फेरि उमार्न सकिने तर्क गर्दै उनले थपे– ‘तर ढुंगा बालुवा उम्रँदैन, त्यसैले चुरे बचाउन सकिएन भने हाम्रो अस्तित्व नै संकटमा पर्छ, दाङलाई मरुभूमीकरणबाट कसरी रोक्ने ठूलो चिन्ताको विषय बनेको छ ।’ यो अवस्था दाङको मात्रै नभएर चुरे र महाभारतको बीचमा पर्ने अधिकांश भित्री मधेश र तराईका जिल्लाहरुको भएको उनको बुझाइ छ।
नयाँ पत्रिका
–आजको नयाँ पत्रिकामा आकासेपानी संकलन गर्न पोखरी निर्माण शिर्षकमा श्याम खतिवडाको समाचार छापिएको छ । कालिन्चोक गाउँपालिका४ र ७ मा आकासेपानी संकलन गर्न पोखरी निर्माण गरिएको छ । सुख्खा मौसममा खानेपानीका मुहान सुकेर समस्या भोग्दै आएका स्थानीयले पोखरी निर्माण गरेका हुन् । वडा नं ४ को पैँयौस्वारा र वडा न ७ को चनौट आहालमा ३ लाख लिटर पानी जम्मा हुने पोखरी निर्माण गरिएको छ ।
कान्तिपुर
–आजको कान्तिपुरमा बाटो पुरिँदा समस्या शिर्षकमा समाचार छापिएको छ । फास्ट ट्र्याक निर्माण गर्ने क्रममा भीमफेदी गाउँपालिका ८ बासिन्दा जोखिमयुक्त बाटोबाट ओहोरदोहोर गर्न बाध्य भएका छन् । हिँड्ने बाटोको अभावले विद्यार्थीहरू स्कुलसमेत जना छाडेका छन् । इपापञ्चकन्या जमुने भीरमा फास्ट ट्र्याकका् बाटा् खन्न् क्रममा फालिएका डिस्पोजलहरूले गोरेटो बाटो पुरेर जोखिमयुक्त बनेकाले स्थानीयवासी र विद्यार्थीले समस्या भोग्दै आएका हुन् ।
राजधानी
–आजको राजधानीमा उपत्यकाका अधिकांश सडकको दुरावस्था शिर्षकमा समाचार छापिएको छ । सरकारले पानीजहाज र रेल सञ्चालनको कार्ययोजना अघि सारिरहे पनि राजधानी तथा आसपासका अधिकांश सडकको अवस्था भने दयनीय छ ।
काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिका, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, मेलम्ची खानेपानी आयोजनालगायतका सरकारी निकायको गैरजिम्मेवारीपनका कारण उपत्यकावासी हैरान छन् । ती निकायबीच तालमेल हुन नसक्दा वर्षौदेखि सडक कन्तबिजोग अवस्थामा छन् ।